"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

प्रचार प्रसारको अभावमा कञ्चनपुरका पर्यटकीय क्षेत्र ओझेलमा

Khabar Raftar

असोज ०४ कञ्चनपुर । पूर्वाधार विकास र प्रचार प्रसारको अभावमा कञ्चनपुरका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् । गड्डाचौकी नाका भएर भारतीय तथा तेस्रो मुलुकका पयर्टक आउँने गरेका भए पनि गड्डाचौकी नाका भएर आएका पर्यटकहरु कञ्चनपुरका पर्यटकीय स्थलको भ्रमण नगरी काठमाडौँ र पोखरातर्फ लाग्ने गरेका छन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटक आए पनि सिधैँ काठमाडौँ पोखरा लगायतका सहर घुम्न जाने गरेको बताए । “अहिले विदेशी पर्यटक आउने सङ्ख्या बढेको बताउदै उनले गत वर्षको तुलनामा यस वर्ष विदेशी पर्यटक आउनेक्रम बढेको बताए ।

उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटन विकासको सम्भावयुक्त क्षेत्र भएको बताउदै सयौँको सङ्ख्यामा देखिने बाह्रसिङ्गाको झुण्ड र घाँसेमैदान यहाँ आउने पर्यटकको मुख्य आकर्षण भएको बताए । कञ्चनपुरमा शुक्लाफाँटा मात्र नभई महाकालीपारिका दोधारा र चाँदनी गाउँलाई जोड्ने एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल पनि पर्यटकको रोजाईमा पर्ने गरेको उनले बताए ।

त्यसैगरी धार्मिक महत्वका पर्यटकीयस्थलहरु बेदकोट र झिलीमिली तालसम्म सहज पहुँच नहुँदा ओझेलमा परेको उनले बताए । कञ्चनपुरको पर्यटनको विकासका लागि राज्य स्तरबाट लगानी हुन नसकेको बताउदै उनले पर्यटनको प्रचुर सम्भावना भए पनि पूर्वाधार र प्रचार प्रसार नहुँदा पर्यटकीय क्षेत्र ओझेलमा परेको उनले बताए ।

त्यसैगरी कञ्चनपुरका पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टले पूर्वाधार र सुविधा नहुँदा कञ्चनपुरमा आएका पर्यटक अन्यत्र बासबस्ने गरेको बताए ।“प्रचार प्रसार र पूर्वाधार अभाव पर्यटक नबस्ने प्रमुख कारण भएको बताउदै उनले नाकामा पर्यटक सूचना केन्द्र समेत सञ्चालनमा आउन नसकेको बताए । त्यसैगरी हवाई यातायात पनि सञ्चालनमा आउन जरुरी रहेको उनले बताए ।

पर्यटकीय गन्तव्यको रूपमा महाकाली नदी किनार विकसित हुन थालेको बताउदै उनले महाकाली पुल योजना कार्यालयले महाकाली नदीमा चार लेनको पक्की पुलसँगै पर्यटकका लागि चारवटा ताल पनि निर्माण गर्न लागेको जानकारी गराए । ताल नजिक पाँच हजार बिरुवा पनि रोप्ने योजना रहेको उनले बताए ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ