असोज ०४ धनगढी । सुदूरपश्चिम प्रदेशमा समयमा विद्युत महसुल नतिर्ने ३ सय ९८ जना ग्राहकको लाइन काटिए पछि ३ सय ४९ ग्राहकले बक्यौता तिरेर लाइन जोडेका छन । प्राधिकरणले महसुल नतिर्ने ३ सय ९८ ग्राहकको लाइन काटिएपछि अधिकांश ग्राहकले महसुल तिरेका छन । ४९ ग्राहकले बक्यौता रकम नतिरे पछि लाइन अझै जोडिएको छैन् ।
नेपाल विद्युत प्राधिकरणका उप–कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता नतिरेका ग्राहकको लाइन काटिएको बताए । लाइन काटेपछि अधिकांश ग्राहकले बक्यौता तिरेपछि पुनः लाइन जोडिएको बताउदै उनले बक्यौता नतिरेसम्म बाँकी ग्राहकको लाइन नजोडिने बताए । उनले बक्यौता नतिरे पछि नियम अनुसार असुल गर्न सर्वसाधारण ग्राहकको पनि लाइन काट्न बाध्य भएको बताए ।
बक्यौता नतिरेका अन्य ग्राहकको घरमा अझै लाइन नजोडिएको उनले बताए । प्राधिकरणले बिल उपलब्ध गराएको सात दिनमै महसुल भुक्तानी गरे २ प्रतिशत छुट पाइने र मिटर रिडिङ भएको १६औँ दिन देखि भने थप दस्तुर लाग्ने उनले बताए ।
मिटर रिडिङ भएको ६०औँ दिनसम्म महसुल नतिरे २५ प्रतिशत थप दस्तुर लाग्ने बताउदै उनले त्यो अवधिमा बक्यौता नतिरे ग्राहकको लाइन काट्ने व्यवस्था रहेको बताए । लाइन काटेको ६ महिना सम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको उनले बताए ।
नजिकिँदै गरेको दसैँ–तिहारलाई लिक्षित गरेर तत्कालका लागि विद्युत् महसुल असुली अभियान स्थगित गरिएको उनले बताए । प्राधिकरणको तथ्यांक अनुसार २०८१ भदौ ११ देखि ३१ गते सम्म सुदूरपश्चिम प्रदेशका ३ सय ९८ ग्राहकको लाइन काटिएको हो ।