असोज ०४ धनगढी । कैलालीमा औलो रोगका बिरामी बढ्न थालेका छन । आर्थिक वर्ष २०७८÷७९ मा ९५ जना, २०७९÷०८० मा ७३ जना, २०८०÷८१ मा १४० जना औलोका विरामी रहेका छन् । रोजगारीका लागि भारत गइ घर फर्केकाहरुमा देखिने गरेका कारण हरेक बर्ष मलेरिया बढ्दै गएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी गराईन ।
२०७८÷७९ मा २ जना स्थानीय र भारतबाट घर फर्केका ९३ जनामा औलो देखिएकोे उनले बताइन् । त्यस्तै २०७९÷०८० मा ३ जना स्थानीय र ७० जना आयातित औलो रोगी भेटिएको उनले बताईन । २०८०÷८१ मा ६ जना स्थानीय र १ सय ३४ जना आयातित रोगी रहेको उनले जानकारी गराईन । पहाडी क्षेत्रमा भन्दा तराई क्षेत्रमा बिरामी बढी देखिने गरेको उनले बताईन ।
स्वास्थ्य कार्यालयको तथ्याङ्कमा आर्थिक बर्ष २०७८÷०७९मा मोहन्याल गाउँपालिकामा ५ जना, गोदावरी नगरपालिकामा २१ जना,गौरीगंगा नगरपालिकामा १३ जना, घोडाघोडी नगरपालिकामा ७ जना, बर्दगेरिया गाउँपालिकामा १४ जना, लम्कीचुहा नगरपालिकामा १२ जना बिरामी रहेको उनले जानकारी गराईन ।
त्यसैगरी आर्थिक बर्ष २०७९÷०८० मा गोदावरी नगरपालिकामा १६ जना,गौरीगंगा नगरपालिकामा १४ जना,घोडाघोडी नगरपालिकामा २ जना, बर्दगोरिया गाउँपालिकामा ३ जना,लम्कीचुहा नगरपालिकामा ५ जना, जानकी गाउँपालिकामा ५ जना,जोशीपुर गाउँपालिकामा १ जना, टिकापुर नगरपालिकामा १० जना, भजनी नगरपालिकामा १ जना, कैलारी गाउँपालिकामा १ जना र धनगढी उपमहानगरपालिकामा १५ जना बिरामी रहेको उनले जानकारी गराईन ।
त्यस्तै २०८०÷८१ मा मोहन्याल गाउँपालिकामा ३ जना,चुरे गाउँपालिकामा १ जना,गोदावरी नगरपालिकामा २४ जना,गौरीगंगा नगरपालिकामा ३८ जना,घोडाघोडी नगरपालिकामा १० जना,बर्दगोरिया गाउँपालिकामा ४ जना,लम्कीचुहा नगरपालिकामा ८ जना, जानकी गाउँपालिकामा २ जना, जोशीपुर गाउँपालिकामा १ जना,टीकापुर नगरपालिकामा २३ जना,भजनी नगरपालिकामा ३ जना,कैलारी गाउँपालिकामा १ जना र धनगढी उपमहानगरपालिकामा २२ जना रहेको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकले देखाएको छ ।
औलो रोग रोकथामका लागि नाकामा कडाई गरिनु पर्ने फोकल पर्सन मीनबहादुर धामीले बताए । औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग भएको उनले बताए । उनले औलोको मुख्य लक्षण उच्च ज्वरो आउनु,कम ज्वरो र पसिना आउनु र टाउको बेस्सरी दुख्नु,कमजोरी हुनु र वाकवाकी लाग्नु रहेको बताए ।
सुत्नेबेला सधै झुलभित्र सुत्ने,शरीरको खुल्ला भागमा लामखुट्टे भगाउने मलम लगाएर पनि लामखुट्टेको टोकाइबाट बच्न सकिने उनले बताए । घरभित्र,बाहिर,बरण्डा वा आँगनमा बस्दा लामखुट्टे भगाउने धुप वा लिक्युडको प्रयोग गर्नु पर्ने बताउदै उनले हातखट्टा छोपिने गरि पूरा बाहुला भएको लुगा लगाउनु पर्ने बताए । त्यस्तै वन जंगलमा घाँसदाउरा गर्न जाँदा,पूरा बाहुला भएको लुगा वा लामखुट्टे भगाउने मलमको प्रयोग गरे लामखुट्टेको टोकाइबाट बच्न सकिने उनले बताए ।