"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कर्णाली प्रदेशमा बालविवाह गर्ने बालक भन्दा बालिका धेरै

Khabar Raftar

असोज ३ सुर्खेत । बालविवाहलाई कानुनले रोक्न खोजे पनि समाजले सहजै स्विकार गर्ने गरेको छ । कर्णालीमा अझै पनि ४३.६ प्रतिशतले २० वर्ष नपुग्दै बिहे गर्ने गरेका छन । तीमध्ये ५५.६ प्रतिशत बालिका र २९.२ प्रतिशत बालक रहेको राष्ट्रिय जनगणना २०७८ को बालबालिका सम्बन्धी सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । कर्णाली प्रदेशको १० वटै जिल्लामा बालविवाहको दर १० प्रतिशत भन्दा माथि रहेको छ । यसमा सबैभन्दा धेरै बालविवाह सल्यानमा हुने गरेको पाइएको छ । कर्णालीमा बालविवाह गर्नेमा बालक भन्दा बालिका धेरै रहेका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सल्यानमा २४.३ प्रतिशतले उमेर नपुग्दै बालविवाह गर्ने गरेको राष्ट्रिय जनगणनाको तथ्याङ्कले देखाएको छ । जसमा बालक ११.९ प्रतिशत छन् भने बालिका ३४.७ प्रतिशत छन । जिल्लागत तथ्याङ्क हेर्ने हो भने सल्यान पछि रुकुम पश्चिममा बालविवाह धेरै हुने गरेको छ । यस जिल्लाको बालविवाहको दर २३.७ प्रतिशत रहँदा बालक १२.४ र बालिकाको प्रतिशत ३२.८ रहेको छ । त्यसैगरी बालविवाह धेरै हुने जिल्लामा तेस्रो स्थानमा जाजरकोट रहेको छ । जाजरकोटमा कुल २२.१ प्रतिशतले उमेर नपुग्दै बालविवाह गर्ने गरेका छन ।

जसमा बालक १०.९ प्रतिशत र बालिका ३२.४ प्रतिशत रहेका छन । बालविवाह हुने चौथो जिल्लामा मुगु परेको छ । मुगुमा २०.२ प्रतिशत बालविवाहको दर रहँदा ११.४ बालक र २८.१ प्रतिशत बालिकाले उमेर नपुग्दै विवाह गर्ने गरेको तथ्याङ्कले देखाएको    छ । यस्तै बालविवाह धेरै हुने जिल्लामा सुर्खेत पाँचौँ स्थानमा पर्दछ । प्रदेश राजधानी रहेको जिल्लामै बालविवाहको तथ्याङ्क डरलाग्दो छ । विभिन्न अधिकारकर्मी सङ्घ संस्थाले बालविवाह रोक्ने अभियान थालेका भए पनि ती सबै झारा टार्नमै सीमित रहेको राष्ट्रिय जनगणनाको तथ्याङ्कले पुष्टि गरेको छ ।

सुर्खेतमा १९.५ प्रतिशतले २० वर्षमुनि विवाह गर्ने गरेका छन । जसमा बालक ८.३ र बालिका १८.२ प्रतिशत छन । दैलेखमा १८.९ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेकोमा बालिकाको सङ्ख्या धेरै छ । आठ प्रतिशत बालक र २७.५ प्रतिशत बालिकाले बालविवाह गर्ने गरेका छन । त्यस्तै जुम्लामा पनि बालविवाहको तथ्याङ्क डरलाग्दो छ । जुम्लामा १७.९ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेकोमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत छ ।

त्यसैगरी हिमाली जिल्ला हुम्लामा ८.३ प्रतिशत बालक र २६.१ प्रतिशत बालिकाले सानै उमेरमा विवाह गर्दा कुल बालविवाहको दर १७.७ प्रतिशत रहेको छ । कालीकोटमा १४.५ प्रतिशत बालविवाह हुने गरेको छ । जसमा ६.५ प्रतिशत बालक र २१.३ प्रतिशत बालिकाले बालविवाह गर्ने गरेका छन । त्यसै गरी डोल्पा जिल्लामा कुल बालविवाहको दर १३.८ प्रतिशत छ । डोल्पामा ८.३ प्रतिशत बालक र १८.८ प्रतिशत बालिकाले बालविवाह गर्ने गरेका छन । सार्वजनिक सरकारी तथ्याङ्कले बालविवाह रोक्न राज्य तथा विभिन्न सङ्घ संस्थाले चलाउँदै आएका अभियान असफल भएका छन ।

कर्णालीमा बालविवाह भित्रभित्रै समाजले सहजै स्विकारेको देखिन्छ । कर्णालीमा बालविवाहको ग्राफ उच्च रहेको भए पनि यस्ता घटना प्रहरीकहाँ निकै कम मात्रामा आउने गरेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । पछिल्लो तीन वटा आर्थिक वर्षको अवधिमा कर्णाली प्रदेशभर ४८ वटा बालविवाह विरुद्धका मुद्दा प्रहरीमा दर्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक बर्ष २०७७÷७८ देखि गत आर्थिक बर्ष २०८०÷८१ सम्म अर्थात् तीन वर्षको अवधिमा दैलेखमा सबैभन्दा धेरै १८ वटा बालविवाह विरुद्धका मुद्दा दर्ता भएका थिए । यो अवधिमा सुर्खेतमा १४, सल्यानमा सात, कालीकोटमा छ र हुम्लामा तीन वटा मुद्दा परेको प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । उमेर नपुगी हुने विवाह सबैभन्दा धेरै मधेश र कर्णाली प्रदेशमा    छ । तुलनात्मक रूपमा गण्डकी र बागमती प्रदेशमा २० वर्षमुनिको विवाह कम रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताए ।

मुलुकी अपराध संहिताले स्वतः बदर हुन्छ भनेपछि २० वर्षमुनिको विवाहलाई गैरकानुनी मान्नु पर्छ । त्यो सङ्ख्या ठुलो छ, बालविवाह वा कानुनले तोकेको उमेर नपुग्दै झन्डै ३० प्रतिशतले विवाह गर्नुले नीतिगत बहस सिर्जना गरिदिएको छउनले भने । जनसङ्ख्याविद् प्राध्यापक डा. कमला लामिछानेले उमेर नपुग्दै हुने विवाह घटाउन विवाहकै उमेर घटाउने प्रस्ताव गलत भएको बताईन । “बिहेबारी २० वर्षपारि महिलाको प्रजनन स्वास्थ्य र अन्य विकासलाई ध्यानमा राखेर गरिएको समयसापेक्ष व्यवस्था भएको बताउदै उनले विवाहको उमेर घटाउने नभई उमेर पुगेपछि विवाह गर्न समाजमा चेतना बढाउनुपर्ने बताईन ।

२० वर्ष नपुग्दै बिहे गर्ने र बालबच्चा जन्माउँदा महिला सशक्तीकरणमै बाधा पुग्ने उल्लेख गर्दै डा. लामिछानेले कडा कानुन राखेकै उमेर नपुग्दै हुने विवाह रोक्नका लागि भएको बताईन । तैपनि एक चौथाइ भन्दा धेरै किशोरकिशोरीले विवाह गरिरहेको अबश्थामा कानुन संशोधन नभई समाजमा चेतना बढाउनुपर्ने बताईन ।

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना