"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कारागारमा सल्फास खाएर मृत्यु भएका दीपकको प्रेमीकासँगै चित्तामा जल्ने अन्तिम इच्छा

Khabar Raftar

असोज ०३ धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर–४ का २३ वर्षीय दीपक विकलाई २०८० माघ ७ गते पक्राउ गरिएको थियो । प्रहरीले उनलाई जबरजस्तीकरणी र हाड नाता करणीको आरोपमा पक्राउ परेको थियो । कैलाली जिल्ला अदालतले विकलाई २०८० फागुन ३ गते पुर्पक्षका लागि कारागार पठाएको थियो । उनी ६ महिना देखि जिल्ला कारागार कैलालीको थुनुवा कक्षमा रहेका थिए । जिल्ला कारागार कैलालीको शौचालयमा ढलेको अवस्थामा फेला परेका विकको २०८१ भदौ ३१ गते मृत्यु भएको थियो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

शौचालयमा फेला परेका उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा रहेको छ । मृत्युपछि उनकी प्रेमिका १४ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ल प्रहरी कार्यालय कैलालीले पहराइ थर भएकी उनकी प्रेमिकालाई पक्राउ गरिएको हो । विककी प्रेमिका रहेकी किशोरी आफ्नै काकाकी छोरी भएको खुलेको छ । नातामा दाजु बहिनी पर्ने उनीहरुबिच प्रेम सम्बन्ध रहेको प्रहरीले बताएको छ । उनै किशोरीलाई जबरजस्तीकरणी र हाडनाता करणी गरेको मुद्धामा दीपकलाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको थियो । प्रेमीका सहितको नाममा तयार पारिएको सुसाईट नोट समेत फेला परेको छ ।

प्रहरीले अनुसन्धानका क्रममा विकको सलफास नामक विषादी सेवन गरेर मृत्यु भएको जनाएको छ । सलफास प्रेमिका मार्फत ै कारागार भित्र रहेका मृतकको हातमा पुगेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी गराएको छ । कारागारले उपलब्ध गराएको ३७ पृष्ठ लामो सुसाईट नोटमा विकले दुवै जनाले सँगै मर्ने बाचा गरे अनुसार मृत्युको बाटो रोजेको उल्लेख गरेका छन् । उनले नोटको सुरुमा लेखेका छन्, ‘कृपया सबैको सामु भन्दै छु । हामीलाईसँगै जिन्दगी जिउन त दिएनौ तर, मृत्यु पछि एकै चित्तामा जलाउनु । यो मेरो अन्तिम इच्छा हो । दाजु बहिनी बिचको प्रेम सम्बन्धबारे २०८० सालको फागुनमा मात्र परिवारले थाहा पाए थिए । त्यो बेला किशोरीको पेटमा तीन महिनाको गर्भ रहेको थियो ।

दाजु बहिनीको अनुचित सम्बन्धलाई लिएर उनीहरूको परिवारमा तनाव सिर्जना भयो । किशोरीका परिवारले २०८० फागुन ८ गते इलाका प्रहरी कार्यालय सुखडमा जबरजस्तीकरणी र हाडनाता शीर्षकमा दीपक विरुद्ध किटानी जाहेरी दिए । सोही मुद्धामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । किशोरीको गर्भ पतन गराइएको थियो । दीपक कारागार चलान भए पछि किशोरी श्रीमतीका रूपमा उनलाई भेट्न आइ रहन्थिन् । उनीहरूबिच टेलिफोनमा समेत संवाद हुने गरेको थियो ।

एकातिर किशोरीको पेटमा रहेको गर्भ पतन, अर्कोतिर दीपकको कारागार बसाई र आफूहरूका कारण पारिवारिक विग्रह सिर्जना भएको विषयमा दुवै जना चिन्तित थिए । पक्राउ गरिएकी किशोरीले प्रहरीलाई दिएको बयान अनुसार यी कुराले दुवै जना सँगसँगै मर्ने निष्कर्षमा पुगेका थिए । उनले नोटमा लखेका छन,२०८१÷०५÷३१ हो यो दिन । हाम्रो अन्तिम दिन हो, यो धर्तीमा । त्यसपछि कसैलाई केही पनि तनाव हुँदैन । भदौ २६ गते दीपक विकलाई भेट्न कैलाली कारागार पुगेकी प्रेमिका पहराईले सोही दिन सलपास उनलाई दिएको कुरा खुलेको छ ।

त्यो दिन उनी तीन वटा कपडा र एउटा अचारको प्लास्टिकको डब्बा लिएर कारागार भेट्न गएको कारागारले जनाएको छ । प्रहरीले चेकजाँच गर्दै आचार समेत उनलाई चखाएको कारागारले जानकारी गराएको छ । उनले आचारको प्लास्टिकको डब्बाभित्र पिधमा प्लास्टिकमै बाँधेर सलपास भित्र दिन सफल भएको कारागारका प्रमुख दिपक पाण्डेले बताए । सीसीटीभी फुटेजमा देखिए अनुसार प्रहरीले किशोरीलाई चेकजाँच गर्दै चम्चामा निकालेर अचार पनि चखाएको देर्खिएको उनले बताए । तैपनि उनी दीपकसम्म सलपास पु¥याउन सफल भइन् ।

किशोरीले पनि अचारको डब्बाभित्र राखेर सलपास प्रेमी दीपकलाई दिएको बयान प्रहरी समक्ष दिएको प्रहरीले जनाएको छ । दीपकलाई सलपास दिइसकेपछि आफूले पनि सेवन गर्नेगरि सलपास कागजमा बेरेर साथमै ल्याउन तयारी अवस्थामा राखेको र बिर्सेर घरमै छुटेका कारण सेवन गर्न नपाएको किशोरीले बयान दिएकी छन् । प्रेमिकाले दिएको सलफास दीपकले ३१ भदौको दिउँसो शौचालयमा गएर सेवन गरेको बताईएको छ ।

दीपकले मृत्यु अघि लेखेको ३७ पृष्ठको सुसाइड नोटमा दुवै जनाको प्रेम सम्बन्ध, पहराईको गर्भपतन देखि घर परिवारले इज्जत बाहेक केही नहेरेको भन्दै पीडा र आक्रोश व्यक्त गरेका छन् । आफू कारागार चलान भए पछि प्रेमिकाको ठूलो खुसी खोसिएको र तनावका कारण कुनै निर्णय लिन नसक्दा मृत्युसँग लडिरहेकी र अब दुवै जना कसैको जिन्दगीको बाधक नबन्ने भन्दै मृत्युको बाटो रोजेको सुसाईट नोटमा उल्लेख गरिएको छ ।

 

खबर संवाददाता
कमेन्ट लोड गर्नुस

भर्खरै

डडेल्धुराका स्थानीय तहले महिलाहरुलाई सीप सिकाउँदै
सुदूरपश्चिम प्रदेशको धनगढी आयोजीत हस्पिटालिटी मिट सम्पन्न
सातौ ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन १९ बुदे घोषणा–पत्र जारी गर्दै सम्पन्न
बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार
नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन
चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल
शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान
कञ्चनपुरबाट ८ किलो चरेस सहित २ जना पक्राउ
अवैध उत्खनन् रोकौ, चुरे बचाऔ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

talim

डडेल्धुराका स्थानीय तहले महिलाहरुलाई सीप सिकाउँदै

111111111

सुदूरपश्चिम प्रदेशको धनगढी आयोजीत हस्पिटालिटी मिट सम्पन्न

1

सातौ ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन १९ बुदे घोषणा–पत्र जारी गर्दै सम्पन्न

aaaaaa

बझाङका पत्रकार सिंह माथि चक्कु प्रहार

tr

नगर प्रमुख भट्टद्धारा ६ लेन सडकमा लगाउन थालिएको तारजालीको अनुगमन

jjj

चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बन्दै धनगढीको जाखोर ताल

suklafata

शुक्लाफाँटामा पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने

samman

अर्जुन ट्रफी विजेता खेलाडीहरुलाई अत्तरियामा सम्मान