"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कैलालीको गेटा अस्पतालमा स्तन क्यान्सरको जाँचसेवा सुरु

Khabar Raftar

असोज ०२ धनगढी । कैलालीको गेटा अस्पतालमा स्तनको क्यान्सर (मेमोग्राफी) जाँचसेवा सुुरु भएको छ । अस्पतालले मेमोग्राफी मेसिन जडान गरेसँगै हरेक हप्ताको सोमबार र विहीबार स्तर क्यान्सरको जाँच सेवा सुरु भएको हो । अस्पतालका निर्देशक डाक्टर विप्लव सापकोटाले हप्तामा २ दिन स्तनक्यान्सरको जाँच सेवा सुरु भएको जानकारी दिए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनले कार्तिक देखि पूर्ण रुपमा सञ्चालनमा आउने बताउदै अस्पताल प्रशासनले आईसीयु जडानको काम सक्ने वित्तिकै ईमरजेन्सी वार्ड पनि सञ्चालन गर्ने र त्यसपछि अस्पतालको सबै सेवा सुचारु हुने जानकारी गराए । विरामी भर्ना लिन थालेको बताउदै उनले अहिलेसम्म भर्ना कोही नभएको उनले बताए ।

ईन्डोर वार्डमा स्वास्थ्यकर्मीको ड्युटी खटाई सकेको बताउदै निर्देशक सापकोटाले गेटा अस्पतालमा ओपिडिका साथै भिडियो एक्सरे, एक्सरे, ईन्डोस्कोपी, फिजियोथेरापी, प्रयोगशाला र फार्मेसी सेवा सुचारु भईसकेको जानकारी गराए । प्रयोगशाला र फार्मेसी सेवा चौबिसै घण्टा सुरु भएको अस्पतालले जनाएको छ ।

विरामी भर्ना हुनका लागि ईमरजेन्सी सेवा प्रमुख भएको बताउदै उनले ईमरजेन्सीमा आएको ब्यक्तिलाई आईसीयुमा राख्नुपर्ने अवस्था आएमा, आईसीयु सेटअप भई नसकेकाले ईमरजेन्सी सेवा सुचारु गर्न नसकिएको बताए । ‘ईमरजेन्सी वार्ड तयार भएको बताउदै उनले ईमरेजेन्सी नजिकै अध्याधुनीक अप्रेशन थिएटर पनि सेटअप भईसकेको जानकारी गराए ।

स्विकृत १ सय ४१ जनाको दरबन्दीमा अहिले ७१ जना मात्रै कार्यरत भएको जानकारी गराउदै उनले त्यसमा पनि स्थाई स्वास्थ्यकर्मी र कर्मचारीको संख्या २३ जना मात्रै रहेको जानकारी गराए ।

खानेपानीको ट्याकी बनेपनि नयाँ निर्माण भएका चिकित्सक आवासहरुमा पानी आपुर्ती नभएकाले चिकित्सकहरु आउन नमानेको बताउदै उनले अझ अरु अस्पतालमा अतिरिक्त भत्ता खाईरहेका चिकित्सकहरु गेटामा सरकारी तलब मात्रै भएकाले सेवा सञ्चालनमा ढिलाई भईरहेको बताए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस