"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

दोगडाकेदारमा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन

Khabar Raftar

असोज ०२ बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । अभियान अन्तर्गत घरघरमा पुगेर लामखुट्टेको लार्भा हुर्कन सक्ने पानीका ड्रम, पानी जमेका खाल्डाखुल्डी लगायतमा सरसफाइ गर्ने गरिएको दोगडाकेदार गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक जनकराज कलौनीले जानकारी गराए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

साथै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बिषयमा सबै गाउँपालिकाबासीलाई जानकारी दिने काम भइरहेको उनले बताए । घरघरमा गएर डेंगुका बिषयमा जनचेतना फैलाइरहेको बताउदै उनले पानी भरिएका ड्रम, खाल्डाखुल्डी लगायतमा सरसफाइका कामहरु गरिरहेको जानकारी गराए । दोगडाकेदारका एक जनामा डेंगु संक्रमण पुष्टि भएपछि डेंगु रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन भइरहेको जनस्वास्थ्य निरीक्षक कलौनीले बताए ।

लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानसंगै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने गरिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगका बिषयमा जानकारी दिनुका साथै बच्ने उपायका बारेमा जानकारी दिने गरिएको उनले बताए । एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्ने गर्दछ ।

डेंगु रोगको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । डेंगु संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्ने जस्ता कडा खालका लक्षण समेत देखा पर्दछन् । यस्ता खालका लक्षण देखिएमा डेंगुको जाँच गर्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

डेंगुको जाँच नगरीकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या समेत निम्तिने भएकाले यस तर्फ सबै नागरिक सचेत हुनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । ज्वरोका बिरामीहरुमा डेंगु समेत हुन सक्ने भएकाले नजिकको स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न समेत स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । बैतडीमा वैशाख देखि भदौ सम्म ७० जनामा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी गराए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस