असोज ०१ धनगढी । जिल्ला कारागार कैलाली भित्र एक जना कैदीबन्दीको मृत्यु भएको छ । सोमबार कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको हो । जरबजस्ती करणीमा दोषी ठहर भई कारागार चलान गरिएका उनको कारागार भित्रै रहस्यमय रुपमा मृत्यु भएको हो ।
जिल्ला कारागार कैलालीका प्रमुख दिपक पाण्डेले उनले आत्म हत्या गरेको बताएका छन । जससंग बलात्कारको आरोमा उनी जेलमा रहेका छन, सुख्खड १५ ले अचारको डीब्बामा जहर पठाएको र त्यही जहर खाएर आत्महत्या गरेको उनले जानकारी गराए ।
दुबै जनाले आत्महत्या गर्ने उदेश्यले योजना बनाएर विकले आत्म हत्या गरेको र सुख्खड १५ लाई प्र्हरीले पक्राउ गरी सकेको जेलर पाण्डेले जानकारी गराए । उनीहरु दुबै जना प्रेम सम्बन्धमा रहेको र हाड नाताका कारण बलात्कारको मुद्धामा जेल सजाए काटी रहेको उनले जानकारी गराए । परिवार र कानुनले नमान्ने र उनीहरु छुट्टिन नसक्ने अबश्थामा भएकाले आत्म हत्याको बाटो रोजेको पाइएको उनले जानकारी गराए ।