"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बैतडीका एकै गाउँका नौ जनामा डेंगु संक्रमण पुष्टि

Khabar Raftar

असोज ०१ बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा डेंगुको जोखिम बढेको छ । पाटन नगरपालिका वडा नम्बर–५ वसन्तपुर गाउँका नौ जनामा डेङगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए । आइतबार मात्रै एकै गाउँका चार जनामा डेंगु संक्रमण पुष्टि भए पछि स्वास्थ्यकर्मीहरुको टोली गाउँमै पुगेको उनले बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सोमबार ज्वरोका शंकास्पद सात जना बिरामीको रगत चेकजाँच गर्दा थप पाँच जनामा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी गराए । एकै गाउँका चार जनामा आइतबार मात्रै संक्रमण पुष्टि भएपछि सोमबार पाँच जना स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर शंकास्पद बिरामीहरुको रगत परीक्षण गरेको हो । स्वास्थ्यकर्मीको टोलीले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान अन्तर्गत सरसफाइ समेत गरेको सूचना अधिकारी लेखकले बताए ।

भरेर राखेका पानीका ड्रम, पानी जमेका खाल्डा खुल्डीमा लामखुट्टेको वृद्धि विकास हुने भएकाले सरसफाइमा ध्यान दिन स्थानीयलाई सुझाव दिइएको छ । स्थानीय नागरिकहरुलाई एकै ठाउँमा जमा गरेर डेंगु रोग र यसबाट बच्ने उपायका बारेमा जानकारी दिइएको बताईएको छ । एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्ने गर्दछ । डेंगु रोगको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन ।

डेंगु संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिने गर्दछन । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्ने जस्ता कडा खालका लक्षण समेत देखा पर्दछन् । यस्ता खालका लक्षण देखिएमा डेंगुको जाँच गर्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

डेंगुको जाँच नगरीकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या समेत निम्तिने भएकाले यस तर्फ सबै नागरिक सचेत हुनुपर्ने बताइएको छ । बैतडीका गाउँगाउँमा ज्वरोका बिरामीहरु बढदै गएका छन । ज्वरोका बिरामीहरुमा डेंगु समेत हुन सक्ने भएकाले नजिकको स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न समेत स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ