"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कृषि उपज संकलन केन्द्र सञ्चालन

Khabar Raftar

असोज ०१ धनगढी । कैलालीको अत्तरियामा रहेको जिवनज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले कृषि उपज संकलन तथा बिक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । निड्स नेपालसँगको सहकार्यमा मंगलबार देखी सहकारीले संकलन केन्द्र सञ्चालनमा ल्याएको हो । मंगलबार औपचारीक कार्यक्रमको आयोजना गरी संकलन केन्द्रको उद्घाटन गरिएको छ । सहकारीकी अध्यक्ष पुनम कार्किको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नम्बर– २ का वडाध्यक्ष यज्ञ महराले कृषिको क्षेत्रमा सहकारीले विभिन्न कार्यहरु गर्दै आईरहेको बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनले आगामी दिनहरुमा पनि सहकारीले कृषि सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिई सहकारीलाई अझै राम्रो किसीमले अगाडी बढाउने कुरामा आफु विस्वस्त रहेको बताए । त्यसैगरी कार्यक्रममा बोल्दै निड्स नेपालका कार्यक्रम संयोजक विनोद कडाराले महिला तथा युवाहरुको जिविकोपार्जनमा सहजता पुग्ने किसिमका विभिन्न कार्यहरु निड्स नेपालले गर्दै आएको   बताए । उनले निड्स नेपालको युवा तथा महिला उद्यमशिलता विकास परियोजना अन्तरगत उक्त कार्य गरिएको बताए ।

स्थानिय क्षेत्रमा उत्पादन हुने विभिन्न स्थानिय जातका दाल, लसुन लगायतका कृषि उपजहरुलाई एकिकृत गर्नका लागि केही गर्नुपर्छ भनेर यो परियोजना सञ्चालन गरिएको उनले बताए । उनले सहकारीसँग मिलेर ८ लाखको संयुक्त लगानीमा कोशेली घर र कृषि उपज संकलन केन्द्र सञ्चालनमा ल्याईएको बताए । उनका अनुसार उक्त संकलन केन्द्रबाट स्थानियकासाथै पर्यापर्यटनका लागि आउने पर्यटकहरुले पनि स्थानिय उत्पादन खरिद गर्न पाउने छन ।

कडाराले उक्त केन्द्रमा विशुद्ध स्थानिय उत्पादन र विषादी नहालेका अर्गानिक उत्पादनहरुको संकलन गरिने र विक्रिवितरण गरिने बताए । उनले बाहिरको भन्दा केन्द्रमा कृषिजन्य उत्पादन केही सस्तो हुने पनि बताए । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सहकारीले सुरुवात गरेको कृषिजन्य उत्पादन संकलनको कार्यले नगरको कृषि कार्यमा मद्दत मिल्ने बताए । उनले सहकारीका सदस्यहरुले सहकारीको संकलन केन्द्र मार्फत आफुले उत्पादन गरेका उत्पादनहरुलाई सहज रुपमा खरिदविक्रि गर्न सक्ने बताए । चौधरीले सहकारीको उक्त कार्यले बिचौलियाले लिने नाफा समेत बचत हुने बताए ।

उनले आफुले सिकेको सिपलाई व्यवहारमा लागु गर्न सके सहकारीले सञ्चालन गर्ने यस्ता किसिमका विभिन्न कार्यहरुलाई सहज रुपमा अगाडी बढाउन सकिने बताए । गोदावरी नगरपालिकाकी कृषि शाखा प्रमुख नन्दी मल्लले सहकारीले सदस्यहरुको सहजताका लागि गरेको कृषिकार्य एकदमै उपयुक्त भएको बताईन । उनले सहकारीलाई व्यवसाय सञ्चालन गर्नका लागि सहयोग गर्ने निड्स नेपाललाई पनि धन्यवाद दिईन । गोदावरी नगरपालिकाले पनि किसानहरुलाई लक्षित गरेर अत्तरियामा रहेको कृषि हाटबजारमा संकलन केन्द्र सञ्चालन गरेको उनले बताईन ।

सहकारीकी अध्यक्ष कार्किले कृषिक्षेत्रमा उत्पादन भएका सामग्रीहरु खपत गर्न सकिने बजार सहकारी भित्र नै रहेको बताईन । सहकारीका सदस्यहरुले बजारबाट खरिद गरिरहेका सामग्रीहरु सहकारीको संकलन केन्द्रबाट खरिद गर्न सक्ने र ति वस्तुहरु बजारको तुलनामा केही सस्तो र अर्गानिक हुने समेत उनले बताईन । उनले सदस्यहरुले उत्पादन गरेका कृषिउपज वस्तुहरु संकलन केन्द्रमा राखेर त्यसबाट ति उत्पादनहरुलाई बाहिर पु¥याउने योजना रहेको बताईन । उनले भविष्यमा तरकारी र गेडागुडीहरु अर्गानिक रुपमै सदस्यहरुमाझ पु¥याउने प्रतिबद्धता पनि व्यक्त गरिन ।

निड्स नेपालले उक्त परियोजना कैलालीको चुरे र गोदावरी नगरपालिकामा सञ्चालन गरिरहेको छ । उक्त परियोजनाबाट करिब २ सय ५० भन्दा बढी समुह लाभान्वित हुने आंकलन गरिएको छ । कार्यक्रममा निड्स नेपालका उपाध्यक्ष धन बहादुर चौधरी (कुस्मी), कार्यक्रम संयोजक विनोद कडारा लगायत गोदावरी नगरक्षेत्र भित्र रहेका विभिन्न सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारीकी प्रबन्धक क्षेत्रा साउँदले गरेकी थिईन ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस