"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

धनगढीमा नगर बस सेवा शुरु

Khabar Raftar

भदौ ३१ धनगढी । कैलालीको धनगढीमा ‘जिपिएस’ जडान नगर बस सेवा सुरु भएको छ । आईतबार फुलवारी बसपार्कबाट उप प्रमुख कन्दकला रानाले हरियो झण्डा देखाउँदै बस सेवा औपचारिक रुपमा शुभारम्भ गरेकी हुन् । उपमहानगरपालिकाले ६ वटा बस खरिद गरी आइतबारबाट सेवा शुरु गरेको हो । धनगढीको फुलवारी, हसुलिया तथा धनगढी र अत्तरिया सम्म नगर बसले सेवा दिने गरी सुरु गरिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

नगर बसले अन्य भन्दा सुलभ दरमा सेवा दिने भएपछि दैनिक ओहोर दोहोर गर्ने देखी बिद्यार्थीहरुलाई समेत निकै राहत पुग्ने भएको छ । धनगढी उपमहानगरपालिकाले गाउँ हुँदै सहरसम्म सञ्चालनका लागी दुई करोड ४८ लाखमा ६ वटा बस खरिद गरेको थियो । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारी बसपार्कबाट धनगढी सहिद गेट हुँदै अत्तरियासम्म नगर बस सेवा सञ्चालन गर्ने धनगढी उपमहानगरपालिकाका राजश्व साखा प्रमुख लेखनाथ ओझाले बताए ।

नगर बस सेवा सञ्चालनका लागी उपमहानगरपालिकाले टेन्डर प्रक्रिया मार्फत बार्षिक २८ लाख ८८ हजार ९ सय १९ रुपयाँमा के एन के कन्सट्रक्सनसगं सम्झौता गरेको उनले बताए । उपमहानगरपालिकाले ७ किलोमिटर सम्म न्युनतम २० रुपयाँ र त्यस माथी प्रति किलोमिटर २ रुपयाँ ८४ पैँसा भाडा दर कायम गरेको छ । बस आधा घण्टाको अन्तरमा फुलवारीबाट छुट्ने बताईएको छ ।

पहिलो चरणमा फूलबारी–धनगढी–सहिद गेट रुटमा नगर बस सेवा सफल भए उर्मा लगायतका ग्रामीण भेगमा समेत नगर बस सेवा विस्तार गरिने योजना भएको उनले बताए । ग्रामीण क्षेत्रबाट विद्यालय, कलेज, अस्पताल र बजार आउन सहज होस् र गाउँमा उत्पादित बस्तु बजार ल्याउन सहज होस् भनेर नगर बस सञ्लन गरिएको उप प्रमुख रानल बताईन ।

उपमहानगरपालिकाले खरिद गरेका ६ वटै नगर बसमा सिसिटिभी र जिपिएस जडान गरिएको उनले बताईन । यात्रु र तिनले बोक्ने सामानको सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ । आएको घरबाटै थाहा पाउन र चढ्ने स्थानमा ठिक समयमा पुग्न सहज होस भनेर जिपिएस प्रणाली जडान गरिएको छ , उप प्रमुख रानाले भनिन । हसुलिया देखी फुलवारी क्षेत्रका नागरिकलाई नगर बस सेवाले सहज हुने अपेक्षा गरिएको उनले बताईन ।

बस नियमित सञ्चालन भएपछि सुलभ दरमा दैनिक ओहोर दा्होर गर्न पाइने स्थानियले बताएका छन । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का डेकमान पौडेलले नगर बस सञ्चालन भएपछि निकै खुशी लागेको बताए । फुलवारीबाटै नगर बस शुरु गरेकोमा धनगढी उपमहानगरलाई उनले धन्यवाद दिए ।

धनगढी उपमहानगरपालीका वडा नम्बर १९ का भक्त बहादुर थापाले बिद्यार्थी र बृद्धबृद्धाले आरामदायी यात्रा गर्न पाउने   बताए । अटोको यात्रा महगों र धुलो धुवाँ समेत खानुपर्ने बताउदै उनले उपमहानगरपालिकाले नगर बस सेवा सुरु गरेको पछि सहज यात्रा गर्न सकिने बताए ।

भर्खरै

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो
गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ
कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार
बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन
छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती
बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने
कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति
डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ
कैलालीमा विदेशी नागरिक मृत अवस्थामा भेटिए
शान्ति सुरक्षा चुस्तदुरूस्त राख्न मुख्यमन्त्री शाहको निर्देशन

धेरै कमेन्ट गरिएको

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

मालिका माध्यामीक विद्यालयले भर्ना अभियान लगायतका शैक्षिक कार्यक्रम स्थगित ग¥यो

baniya

गेटा आँखा अस्पताल बाजुराका प्रमुख लागुऔषध सहित पक्राउ

hasiya-750x430

कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार

FInal-5-copy-1744970514

बैतडीको पुर्चौंडीमा बृहत स्वास्थ्य शिविर सञ्चालन

aaaaaaa-4

छोराको सहारामा अगरबत्ती बेच्दै दृष्टिविहीन दम्पती

Vitamin-Final-5-1744976321

बैतडीमा २० हजार ७ सय १२ जना बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने

pipal

कैलालीमा २ जनाको घरमा हावाहुरीले क्षति

Screenshot_20250418_082945_Google

डोटीमा गोली लागेर एक युवकको मृत्यु , १० जना पक्राउ