भदौ ३१ धनगढी । लगातारको वर्षापछि आएको बाढीले कैलालीमा सिमाना छुट्याउने दुई वटा सीमास्तम्भ बगाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर–९ मा मोहना नदीपारी रहेको ६५०÷२ नम्बरको पिल्लर शुक्रबार बाढीले बगाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर धनगढीले जनाएको हो ।
बाढीले भजनी नगरपालिका वडा नम्बर–७ मा रहेको ७२१÷२ नम्बरको सीमास्तम्भलाई पनि बगाएको बताईएको छ । यस भन्दा अगाडी बाढीले सीमास्तम्भलाई बगाएको बताइएको छ । नेपाल–भारत सिमाना मोहना नदीसँगै रहेको छ । नदी आसपासमा रहेका दर्जनौँ सीमास्तम्भ जोखिममा रहेको जनाइएको छ ।
Post Views: 36