भदौ ३० कञ्चनपुर । कञ्चनपुर– कञ्चनपुरमा खुकुरी प्रहारबाट एक जना घाईते भएका छन । दुई जनाबीच आपसमा विवाद हुँदा खुकुरी प्रहारबाट एक जना घाईते भएका हुन ।
शनिबार आपसी विवादका क्रममा बेलौरी नगरपालिका वडा नम्बर–२ का ३२ वर्षीय तिलक पाण्डेले पुनर्वास नगरपालिका वडा नम्बर–१ बलभद्र बस्तीका ३० वर्षीय प्रेम तामाङलाई खुकुरी प्रहार गर्दा तामाङ घाईते भएका हुन ।
खुकुरी प्रहारबाट घाइते भएका तामाङको पुनर्वास नगरपालीका वडा नम्बर–३ स्थित बिएन पोलिक्लिनिकमा उपचार गरिएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश विक्रम शाहीले घाइते भएका तामाङ बिएन पोलिक्लिनिकमा उपचार घर फर्किएको जानकारी गराए ।
खुकुरी प्रहार गर्ने पाण्डेलाई भारततर्फ जाँदै गरेको अवस्थामा सीमानाका नजिकैबाट नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी गराए ।
Post Views: 12