"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बैतडीमा आप्रवासी कामदारको एचआइभी परीक्षण गरिने

Khabar Raftar

भदौ ३० बैतडी । बैतडीमा रोजगारीका लागि भारत गएका आप्रवासी कामदारको एचआइभी परीक्षण गरिने भएको छ । एचआइभी रोकथामको क्षेत्रमा काम गर्दै आएको संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुरा (एमपीडिएस)ले आप्रवासी कामदारहरुको एचआइभी परीक्षण गर्ने भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

बैतडीबाट रोजगारीका लागि भारत गएर फर्केका आप्रवासी कामदार र उनीहरुका परिवारका सदस्यहरुको एचआइभी परीक्षण गरिने कार्यक्रम संयोजक लोकेन्द्र पन्तले जानकारी दिए । ग्लोबल फण्डको आर्थिक सहयोग, सेभ द चिल्ड्रेनको प्राविधिक सहयोगमा एमपीडीएसले सञ्चालन गरिरहेको एचआइभी रोकथाम कार्यक्रम अन्तर्गत उनीहरुको परीक्षण गरिने कार्यक्रम संयोजक पन्तले बताए ।

बैतडीका १० वटै स्थानीय तहमा ३ हजार ४ सय ५० जना आप्रवासी कामदार र उनीहरुका परिवारका सदस्यहरुको एचआइभी परीक्षण गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक पन्तले बताए ।

आगामी जनवरी २०२५ सम्ममा एचआइभी परीक्षणको कार्य गरिने उनले बताए । पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा घरदैलो अभियान सञ्चालन गरेर एचआइभी परीक्षणको कार्य गरिने बताउदै उनले बाँकी स्थानीय तहहरुमा मोबाइल क्याम्पको आयोजना गरेर एचआइभी परीक्षणको कार्य गरिने बताए ।

भारतमा रोजगारीका लागि गएका आप्रवासी कामदार र उनीहरुका परिवारलाई एचआइभी, मलेरिया, क्षयरोग र कोभीडका बिषयमा जानकारी दिनुकासाथै ती रोगहरुको परीक्षण गरिने उनले बताए । असुरक्षित यौन सम्पर्कबाट सर्ने एचआइभीका बिषयमा ज्ञान नहुँदा धेरै बिरामीहरु समाजमा लुकेर रहेको हुन सक्ने भएकाले एचआइभी संक्रमितहरुलाई उपचारको दायरामा ल्याउन एचआइभी परीक्षण गर्ने तयारी भएको उनले बताए ।

बैतडीमा अहिले १ सय २६ जना एचआइभी संक्रमितहरु उपचारमा रहेको बताउदै उनले उनीहरुले नियमित रुपमा एआरटी औषधी सेवन गरिरहेको जानकारी गराए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?