"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बैतडीमा एकै गाउँका चार जनामा डेंगु संक्रमण पुष्टि

Khabar Raftar

भदौ ३० बैतडी । बैतडीमा एकै गाउँका चार जनामा डेंगु संक्रमण पुष्टि भएको छ । बैतडीकोे पाटन नगरपालिका वडा नम्बर–५ वसन्तपुरका चार जनामा डेंगु संक्रमण पुष्टि भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

डेंगु संक्रमण पुष्टि भएका मध्ये एकजना बाहिरबाट आएका र अरु तीन जना गाउँमै बसोबास गर्ने बुझिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए । गाउँमा अरु पनि ज्वरोका बिरामी भएकाले डेंगु संक्रमितको संख्या थपिन सक्ने उनले बताए । एकै गाउँमा चार जनामा डेंगु संक्रमण पुष्टि भए पछि गाउँमै गएर चेकजाँचको काम गर्ने तयारी भइरहेको जनस्वास्थ्य निरीक्षक भट्टले बताए ।

पाटन नगरपालिकासंग सहकार्य गरेर डेंगु प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली पठाउने तयारी भएको उनले बताए । एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्ने गर्दछ । बर्षातको समयमा पानी जम्ने खाल्डाखुल्डी हुँदा लामखुट्टेको वृद्धि विकास बढी हुने गर्दछ ।

डेंगु संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् ।

यसका साथै नाक, गिजा र पेटबाट रगत बग्ने जस्ता कडा खालका लक्षण समेत देखा पर्ने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।

यस्ता खालका लक्षण देखिएमा डेंगुको जाँच गर्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । डेंगुको जाँच नगरी जथाभावी औषधि सेवन गर्दा अन्य समस्या समेत निम्तिने भएकाले यस तर्फ सबै नागरिक सचेत हुनुपर्ने भट्टले बताए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?