"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

Khabar Raftar

प्रदिप मलासी, भदौ २९ धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिको आयोजनामा २ दिवशीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । प्रदेश सभापति वीर बहादुर बलायरको सभापतित्व र नेपाली काँग्रेसका केन्द्रीय उपसभापति पूर्ण बहादुर खडकाको प्रमुख आथित्यतामा संञ्चालन भएको कार्यक्रममा ९ वटै जिल्लाका स्थानीय तहका निर्वाचित जनप्रतिनिधि पार्टीका विभिन्न तहमा रहेका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

जननेता बिपि कोईरालाको जन्म जयन्तीको सुभअवसरमा सुदूुरपश्चिम प्रदेश कार्य समितिले प्रशिक्षण कार्यक्रम गरेको हो । समाजवादका प्रतिपादक बिपि कोईरालाले नेपाली समाज परिवर्तनका लागि खेलेको भूमिका अविस्मरणिय रहेको भन्दै नेपाली काँग्रेसले समाजवादलाई पूर्णरुपमा आत्मा साथ गर्नु पर्ने प्रमुख अथिति उपसभापति पूर्ण बहादुर खडकाले बताए ।
पार्टीका रिक्त पदहरुमा पार्टीले छिटै पद पुर्ति गर्ने केन्द्रीय कार्य समितिको निर्णय रहेकोले जिल्ला र प्रदेशमा रिक्त रहेका पदहरुको बारेमा केन्द्रीय समितिलाई जानकारी गराउन प्रमुख अथिति खडकाले निर्देशन दिएका छन ।

संघिय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार नेपाली काँग्रेस अगाडि बढेकोले यसमा कुनै नेता कार्यकर्ताले संकुचित नहुन र संघिय व्यवस्था अनुसार पार्टीको बिधान संशोधन गरि समानुपातिक समाबेशी पदाधिकारी चयन गर्ने पहिलो पार्टी नेपाली काँग्रेस भएको कार्यक्रममा प्रमुख अथिति खडकाले बताए । नेपाली काँग्रेसले राजनितिक परिवर्तनका हरेक अवस्थाको नेतृत्व गरेकाले नेपाली काँग्रेस पूर्ण समाबेशी पार्टी रहेको र नेपाली काँग्रेस पार्टीको क्रियाशिल सदस्यले जातिय विभेद गरेको पाईएमा पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाउने पार्टी बिधानमा उल्लेख रहेको उपसभापति पूर्ण बहादुर खडकाले बताए ।

नेपाली काँग्रेस प्रदेश कार्य समिति सदैव यस्ता धेरै कार्यक्रम गर्ने कुरामा कटिबद्व रहेकाले जिल्ला र प्रदेश समितिले समन्वय गरि अगाडि बढनु पर्ने देखिएको कार्यक्रमका सभापति सुदूरपश्चिम प्रदेश कार्य समिति सभापति वीर बहादुर बलायले बताए । नेपाली काँग्रेस पार्टी लोकतान्त्रिक पार्टी भएकाले सबै नेता कार्यकर्ताको व्यवहार नै लोकतान्त्रिक हुनु पर्ने भन्दै सभापति बलायरले बताए । निर्वाचनका समयमा पार्टीको आधिकारिक उम्मेद्वार हराउने कार्य गर्ने कुनै नेता कार्यकर्तालाई पार्टीले कार्वाही गर्न नछोड्ने सभापति बलायरले बताए ।

महा मानव बिशेश्वर प्रसाद कोईरालाले नेतृत्व गरेको पार्टी नेपाली काँग्रेस नेपाली जनताको मन मस्तिकमा बस्न सफल भएको पार्टी भएकाले जनताले काँग्रेसलाई माया गरि राखे सभापति बलायरले बताए । भदौ २८ र २९ गते दुई दिन संञ्चालनमा रहेको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रममा शनिवार ओम प्यालेस धनगढीमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काँग्रेस प्रति आस्थावान नेता कार्यकर्ता विभिन्न भातृ संस्था प्रमुखहरुको उपस्थिति रहेको थियो ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस