भदौ २९ कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर–७ मन्दिरपुरकी उर्मिला डगौराले तरकारी खेतीबाटै छोराछोरीलाई डाक्टर र ईन्जीनियर पढाउदै आएकी छिन । तीन दशक अघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउदै आएकी हुन । उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाइरहेकी छिन् भने छोरी रविनालाई चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययन गराई रहेकी छिन ।
२०५२ साल देखि तरकारीखेती गर्न तरकारी खेती गर्न थालेको बताउदै उनले तरबारीबाटै आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएको बताईन । २०५२ सालमा एक कट्ठा जग्गामा तरकारी खेती गरेकी उनले तरकारीखेतीकै आम्दानीले दुई वर्षपछि दुई कट्ठा जग्गा खरिद गरेको बताईन । त्यसपछि आम्दानी गर्दै जग्गा थप्दै गरेर तरकारी खेती विस्तार गरेको बताउदै उनले मेहनतमा श्रीमान् रामबहादुरले पनि सहयोग गरेको बताईन । तरकारीखेतीसँगै स्थानीय लालपुर बजारमा उनका श्रीमानले किराना पसल समेत सञ्चालन गरेको उनले बताईन ।
उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्ने गरेको बताउदै उनले तरकारी र पसल गरेर जग्गा थप्दै जाँदा अहिले १५ कट्ठा जग्गा आफुसंग भएको बताईन । अहिले १५ कट्ठा जग्गामा तरकारीखेती गरेको बताउदै उनले त्यसबाट सन्तोषजनक आम्दानी भइरहेको बताईन । उनले छोरी रविनालाई डाक्टर पढाउन हाल सम्म ६० लाख खर्च भइसकेको बताउदै सबै खर्च तरकारीखेतीबाटै धानेको बताइन ।
उनले लहरे तरकारीबाटै सिजनमा दुई लाख बचत हुने गरेको बताइन् । तरकारीखेती सुरु गरेको केही वर्षपछि महेन्द्रनगरको उदयदेव सहकारीले गाउँमै पुगेर उद्यम गरिरहेका महिलाहरुको समूह गठन गरेको बताउदै उनले सहकारीले गठन गरेको तुलसी उदयदेव महिला केन्द्रमा आबद्ध भएको बताईन । सरकारीले उक्त समूहमा आबद्ध तरकारीखेती गरिरहेका महिलाहरुलाई निःशुल्क प्राविधिक सहयोग गरेपछि खेती गर्न सहयोग पुगेको उनले बताईन ।
उनले सहकारीको सहयोगपछि तरकारी उत्पादनमा वृद्धि समेत भएको बताईन । परम्परागत रुपमा खेती गर्दै आएको बताउदै उनले सहकारीले धेरै ज्ञान दिएकाले उत्पादनमा फाइदा भएको बताईन । उक्त समुहमा १६ जना महिला आबद्ध भएको बताक्षर््न । उदयदेव सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले सहकारीले तराईको उत्पादनलाई पहाड र पहाडको उत्पादनलाई तराईसम्म ल्याउन शाखा समेत विस्तार गरेको बताए ।