"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिममा विद्युतीय रिक्सा दर्ताको काम रोकियो

Khabar Raftar

भदौ २९ धनगढी । यातायात व्यवस्था कार्यालय, धनगढीले हालसम्म सात हजार पाँच सय विद्युतीय रिक्सा दर्ता गरेको छ । यातायात व्यवस्था कार्यालयले दर्ता गरेका अधिकांश विद्युतीय रिक्साहरु धनगढीमा सञ्चालनमा रहेका छन् । विद्युतीय रिक्सा धनगढी केन्द्रीत भएपछि सुदूरपश्चिम सरकारले प्रदेश यातायात व्यवस्था नियमावली संशोधन गरेको थियो । सुदूरपश्चिम सरकारले स्थानीय तहमा तीन पाङ्ग्रे सवारीको पूर्ण अधिकार दिएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

यातायात व्यवस्था कार्यालय, धनगढीका प्रमुख नरेन्द्र शाहले तीन पाङ्ग्रे सवारीको दर्ता, नामसारी, नविकरण लगाएतको अधिकार स्थानीय तहमा पठाइएको बताए । स्थानीय तहलाई पूण जिम्मेवारी दिएको बताउदै उनले पुस–माघ महिनातिर समस्या आएको बताए । स्थानीय तहहरुले कानुन बनाएका छैनन । उहाँहरुले कानुन बनाउन आवश्यक छ ।’ स्थानीय तहहरुमा कानुन नहुँदा सुदूरपश्चिममा विद्युतीय रिक्सा व्यवस्थापन गर्न स्थानीय तहहरुलाई समस्या हुने गरेको छ उनले भने ।

यातायात व्यवस्था कार्यालय, धनगढीमा दर्ता भएका सात हजार पाँच सय बढी विद्युतीय रिक्सा धनगढीमा सञ्चालनमा छन् । चालु आर्थिक वर्षको साउन देखि स्थानीय तहहरुले विद्युतीय रिक्सा दर्ता, नामसारी, नविकरण लगायतको काम गर्नुपर्ने भए पनि स्थानीय तहहरुले कानुन तयार नगर्दा काम रोकिएको छ । यातायात व्यवस्था कार्यालय, धनगढीले दर्ताको काम बन्द गरेको छ । यातायात व्यवस्था कार्यालयले पनि काम नगर्ने, स्थानीय तहहरुबाट पनि काम नहुने भए पछि व्यवसायीहरु र विद्युतीय रिक्साका धनीहरु समस्यामा परेका छन ।

असार मसान्त सम्म स्थानीय तहको सहमतिमा दर्ता गरेको शाहले बताए । यातायात व्यवस्था कार्यालय, धनगढीले तीन पाङ्ग्रे सवारी दर्ता नगर्ने र सबै अधिकार स्थानीय तहमा पठाएको बताउदै उनले स्थानीय तहहरुले तीन पाङ्ग्रे सवारीको ऐन बनाउन नसक्दा व्यवस्थापन गर्न समस्या भइरहेको बताए । प्रदेश सरकारले नियमावली फेरि संशोधन गर्दै गत वर्षको असार मसान्त सम्म यातायात व्यवस्था कार्यालयबाट तीन पाङ्ग्रे सवारीको काम भएको बताउदैउनले चालु आर्थिक वर्षको साउन देखि स्थानीय तहहरुमा पूर्ण अधिकार गएको बताए ।

स्थानीय तहहरुले भने अझै पनि तीन पाङ्ग्रे सवारी दर्ता, नामसारी तथा नविकरणका लागि कानुन तयार नगरेका कारण समस्या भएको उनले बताए । स्थानीय तहहरुले विद्युतीय रिक्सा दर्ताको कानुनी प्रक्रिया र प्राविधिकको व्यवस्थापन गर्न सकेका छैनन् ।

स्थानीय तहहरुले तीन पाङ्ग्रे सवारीका लागि कानुन तयार नपारेकाले यातायात व्यवस्था कार्यालय, धनगढीले नविकरणको काम गर्दै आएको छ । नयाँ दर्ता लगायतको काम भने रोकिएको छ । पहाडी तथा हिमाली क्षेत्रहरुमा तीन पाङ्ग्रे सवारी सञ्चालन गर्न पाइदैन । पहाडी जिल्लाहरुमा समेत तीन पाङ्ग्रे सवारी निर्वाध रुपमा सञ्चालन हुने गरेको पाइएको छ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस