"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

भदौ ३१ गते चालु आर्थिक वर्षको बजेट ल्याउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी

Khabar Raftar

भदौ २९ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते बजेट ल्याउने तयारी गरेको जानकारी गराएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको जानकारी गराएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको जानकारी गराए । बजेट संवैधानिक र कानुनी प्रक्रियामा रहेर आउने बताउदै उनले सदनको सम्मान गर्दै सदनमा पास भईसकेका प्राथमिकता, निति र कार्यक्रमहरुकै आधारमा बजेट ल्याईने जानकारी गराए ।

प्रदेश सरकारले बजेट निर्माणको लागि निर्धारण गरेको ४ वटा आधारहरू भित्रै रहेर बजेट तयारी गरेको बताउँदै उनले ती आधारले बजेट कार्यान्वयनको पाटोलाई समेत मजबुत बनाउने बताए ।

प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र आौचित्यको आधारमा २५ लाख भन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजना सहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समिति मार्फत नगरिने आधार तय गरेको उनले जानकारी गराए ।

तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयक (बजेट) पास नभए पछि नवगठित सरकार बजेट निर्माणमा जुटेको हो ।

निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेश सभामा विनियोजन विधेयक (बजेट) पेश गरेको थियो । तर राजनीतिक घटनाक्रममा आएको फेरबदलले प्रदेश सरकारले बजेट पास गर्न नसक्दा बजेट शून्यताको अवस्था सिर्जना भएको छ ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ