"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

संरक्षणको अभावमा गर्भा दरबार जीर्ण बन्दै

Khabar Raftar

भदौ २७ धनगढी । कैलालीको चुरे गाउँपालिका वडा नम्बर–४ खैरालामा रहेको गर्भा दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ । विसं १९८४ मा खड्कशम्शेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक गर्भा दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो । सरोकारवाला निकायले संरक्षणमा चासो नदिँदा ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएको स्थानीयले बताएका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

राणाकालीन दरबार जीर्ण हुँदै जाँदा पानी चुहिएर पर्खाल भत्किसकेको स्थानीय प्रेम गुरूङले बताए । लामो समय देखि भवन प्रयोगविहीन बनेपछि भत्किँदै गएको बताउदै उनले दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन सुरू भएको बताए । ऐतिहासिक दरबारको संरक्षण गर्नसके पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको गुरूङले बताए । “राणाकालमा निकै चहलपहल हुने गर्भा दरबार २०३२ सालपछि सुनसान बन्दै गएको उनले बताए ।

उक्त दरबारमा २०३३ सालपछि कोही पनि बास नबसेको उनले बताए । हावापानी, मौसम र भौगोलिक रुपमा उपयुक्त स्थान भएकाले राणाशासकले गर्भालाई रोजेको हुनसक्ने स्थानीयको बुझाइ रहेको छ । पम्परागत ईट्टामा मासको गाह्रो लगाएर निर्माण गरिएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका रहेका छन् । दश रोपनी क्षेत्रफलमा फैलिएको उक्त दरबार तीन खण्ड र तीन तले रहेको छ ।

सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुइँतले सुरुङ समेत बनाईएको बताउदै उनले सुरुङ अहिले पुरिएको बताए । राणा शासकहरु पोत उठाउन खैराला दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैँनी, तेलेको जल्फुमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको जानकारीहरु बताउँछन् । ऐतिहासिक महत्व बोकेको दरबारको मर्मत सम्भारका लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा ६० लाख, आर्थिक बर्ष २०७६÷७७ मा ५० लाख बजेट विनियोजन गरेको भए पनि प्राविधिक कठिनाइका कारण बजेट कार्यान्वन हुन नसकेको पूर्व मुख्मन्त्री दीर्घ सोडारीले बताएका छन ।

उनले उक्त दरबार पुरातत्व विभाग अन्तर्गत पर्ने भएकाले आफू मन्त्री हुँदा दरबार संरक्षणका लागि विभागको टोली ल्याएर स्थलगत अवलोकन गराएको जानकारी गराए । विभागको टोलीले स्थलगत अध्ययन गरेर त्यसको सम्पूर्ण जानकारी लिएर फर्केको सोडारीले बताए । पुरातत्व विभागले दरबारको मर्मत सम्भारका लागि के गर्दैछ भन्ने कुराको सोधखोज भने नगरिएको उनले बताए ।

चुरे गाउँपालिकाले गर्भा दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा राखेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । गर्भा दरबारको संरक्षण गरी पर्यटन प्रवर्द्धनको योजना बनाइएको उनले बताखए । पालिकासँग पर्याप्त बजेट नहुँदा प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिएको बताउदै उनले बजेट सुनिश्चित भएपछि योजना कार्यान्वयन गरिने जानकारी   गराए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस