"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

नाकामा सावधानी नअपनाउँदा एमपक्सको जोखिम

Khabar Raftar

भदौ २७ कञ्चनपुर । पश्चिमी नाका गड्डाचौकीमा सावधानी नअपनाउँदा एमपक्स सङ्क्रमणको जोखिम बढेको छ । भारतमा हालै एक जनामा एमपक्स सङ्क्रमण पुष्टि भएपनि अझै नाकामा सावधानी नअपनाउदा जोखिम बढेको हो । भारतबाट गड्डाचौकी नाका भएर दैनिक तीन सयको हाराहारीमा मानिस स्वदेश फर्किंने गरेका भए पनि सामान्य जाँच पनि नहुँदा सङ्क्रमणको जोखिम बढेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

गड्डाचौकीस्थित ‘हेल्थ डेस्क’मा भारतबाट फर्किनेमा कोरोना, डेङ्गु, एचआइभी लगायत रोग जाँच गर्ने गरिएको भए पनि उपकरण अभावमा एमपक्सको जाँच हालसम्म सुरुआत गर्न नसकिएको हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले बताईन । एमपक्स सम्बन्धी कुनै तालिम पनि नपाएको बताउदै उनले उपकरण पनि नभएको बताईन ।

नेटमा हेरेर थाहा पाएको लक्षण मिल्दा मानिस आएमा निगरानी राख्ने गरेको बताउदै उनले लक्षण, हाउभाउ हेरेर स्क्रिनिङ मात्रै गर्ने गरिएको बताईन । शङ्कास्पद लक्षण देखिए अस्पताल रेफर गर्ने गरिएको बताउदै उनले हालसम्म शङ्कास्पद लक्षण देखिएका सात जनालाई रेफर गरिएको बताईन । भारतको विभिन्न ठाउँबाट दैनिक भित्रिने करिब अढाइ सय मानिसको स्क्रिनिङ भइरहेको समेत उनले बताईन ।

पैदल हिँडेर आउने मानिस स्क्रिनिङ पर्ने भए पनि सवारीसाधनबाट आउने मानिसको स्क्रिनिङ गर्न नसकिएको ल्याब टेक्निसियन धामी ले बताईन । गाडीमा आउनेहरू नाकामा नरोकि सिधै जाने गरेकाले स्क्रिनिङ नसकिएको उनले बताईन । गड्डाचौकी नाका भएर महेन्द्रनगर देखि दिल्ली र देहरादुन सम्म मैत्री बससेवा पनि सञ्चालनमा रहेको बताउदै उनले करिब एक दर्जन बसमा आउने यात्रुहरु पनि जाँच नगरिकनै भित्रिने गरेको बताइन ।

कतिपय यात्रु तेस्रो मुलुकबाट दिल्ली विमानस्थल हुँदै पनि आउने गरेका कारण सङ्क्रमणको जोखिम बढेको उनले बताइन । स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीका अनुसार सरकारले नाकामा स्क्रिनिङ गर्नका लागि पत्राचार गरेको छ । “एमपक्स जाँचका लागि किट उपलब्ध नभएकाले स्क्रिनिङ गर्ने भन्ने परिपत्र आएको उनले बताए । त्यही अनुसार गरिरहेको बताउदै उनले स्क्रिनिङमा शङ्कास्पद देखिएकालाई अस्पताल जान भनेर काउन्सिलिङ गर्ने गरेको बताए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस