"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

गेटामा तत्काल ३ सय शय्याको अस्पताल सञ्चालन गर्न प्रदेश सांसदको माग

Khabar Raftar

भदौ २७ धनगढी । कैलालीको गेटामा तत्काल तीन सय शय्याको अस्पताल सञ्चालन गरेर चिकित्सा शिक्षा अध्ययनको व्यवस्था गर्न माग गरिएको छ । बिहीबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरुले तीन सय शय्याको अस्पताल सञ्चालन गरेर एमबीबीएसको पठन पाठन थाल्न माग गरेका हुन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रतिनिधिसभाको विषयगत समितिमा विचाराधिन अवस्थामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विद्येयकलाई चाडो पारित गर्न माग गरे भने तत्काल तीन सय शय्याको अस्पताल सञ्चालनमा ल्याउनुपर्ने बताए । सरकारले हालै २५ वटा स्वास्थ्य संस्थालाई दुई हजार भन्दा बढि एमबीबीएस कोटा प्रदान गरेको प्रसंग उठाउँदै पाठकले गेटामा ७ अर्ब भन्दा ठूलो लगानीमा भौतिक संरचना निर्माण भइसक्दा समेत वेवास्ता गरिएको भन्दै काठमाडौँको हेपाह प्रवृत्तिले काम गरेको बताए ।

‘अस्ती भर्खर २५ वटा स्वास्थ्य संस्थालाई सरकारले दुई हजार एक सय चालिस एमबीबीएस कोटा प्रदान गरेको समाचार पढ्न पाइएको थियो । गेटामा ७ अर्बको लगानीमा संरचना बनेका छन् यहाँका बालबालिकाले आफ्नै धर्तीमा कहिले अध्ययन गर्न पाउने हुन ?’ पाठकले प्रश्न गरे, ‘राज्यले सुदूरपश्चिमलाई जहिले विभेदकारी दृष्टिले हेरेको छ । काठमाण्डौँको विभेदमा कहिलेसम्म परिरहने हो ?’ पाठकले गेटा विश्वविद्यालयका विषयमा साझा धारणा बनाएर प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गर्ने प्रस्ताव समेत गरेका छन् ।

त्यस्तै, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी जानकी पौडेलले पनि गेटामा तत्काल एमबीबीएसको पढाई अघि बढाउनु पर्ने माग गरिन् । उनले अबिलम्ब पठन पाठन सुरु गर्नुपर्ने बताउँदै प्रदेश सरकारको धारणा समेत माग गरेकी छन् । ६ वटा प्रदेशमा एमबीबीएस पढाइ हुन्छ तर गेटामा मात्र नहुनुको कारण के हो ?’ पौडेलले भनिन्, ‘आशंका छ कतै विश्वविद्यालय बन्न नदिने मनसाय त होइन ? यो संघीय सरकारको हेपाह प्रवृत्तिको उपज हो । अबिलम्ब एमबीबीएस पढाईसँगै प्रदेश सरकारको धाराणा माग गर्दछु ।’

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना