"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गाडी चल्न बनाएको सडकमा हिँड्नै सकस

No data was found

Khabar Raftar

भदौ २७ बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकाका अधिकाशं गाउँ बस्तीमा गाडी सञ्चालन गर्न निर्माण गरेका ग्रामिण सडकमा हिंड्नै सकस हुने गरेको छ । हिउँदको महिना जथाभावि निर्माण गरिएका ती सडकमा बर्खाको समय लगातार पहिरो बग्न थालेपछि स्थानीयलाई सडकमा हिड्नै सकस हुने गरेको हो ।

हिउँदको महिना खनेका सडकमा बर्खाको समय पहिरो बग्ने गरेकोले बालबालिकालाई समेत विद्यालयमा आउजाउमा समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर–२ पीपलगाउँका स्थानीय पदम बुढाले बताए । उनले गत साउनमा परेको अविरल वर्षातका कारण पीपल गाउँदेखि कुर्पे मथर्पुसम्म जाने सडकमा पहिरो गएपछि बालबालिकालाई विद्यालय जादा सकस हुने गरेको हो ।

भत्किएका सडकलाई समयमै मर्मत सम्भार नगर्ने हो भने हिउँदको महिनामा पनि स्थानीयलाई सडकमा आउजाउ गर्न निकै समस्या हुने बुढाले बताए । खप्तड छेडेदह गाउँपालिका पीपल गाउँ गाँज्रा कुर्पे लगायतका अधिकांश सडक बर्खाको समय पहिरो गएर अवरुद्ध भएका छन् । लगातार पानी पर्दै गएकोले अहिले सम्म सडकको मर्मत सम्भार कार्य रोकिएको छ ।
सडक मर्मत सम्भारको काम रोकिए पछि स्थानीयलाई वडा कार्यालय तथा बालकालिकालाई विद्यालय आउन समस्या भएको छ ।

सडकमा गएको पहिरोले गाउँ बस्तीमा समेत जोखिम बढेको छ । गाउँ बस्तीको माथिबाट खनेको सडकमा पहिरो जान थालेपछि त्यसले पूरै गाउँ बस्तीलाई थप जोखिममा पार्ने गरेको हो । गत असार देखि गाउँमा पुगेको सडक पहिरोका कारण अवरुद्ध भएकोले सडक मर्मत गर्ने तयारी भइरहेको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर–२ का अध्यक्ष भक्त बुढाले   बताए ।

उनले गाउँ कार्यपालिकाको बैठममा सडक मर्मत सम्भार गर्ने भन्ने निर्णय भएको बताए । यसका लागि प्राविधिकको टोली पनि सर्भे गर्नका लागि प्रत्येक वडमा पुगेको बताए । उनीहरुले सर्भे गरेको रिपोट फेरि गाउँपालिकामा पुगेपछि अवरुद्ध भएका सडक मर्मत सम्भार गरिने बुढाले बताए ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण