"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सरस्वती नमूना विद्यालयको भवन शिलन्यास

Khabar Raftar

भदौ २६ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ मा रहेको सरस्वती नमूना विद्यालयको २ कोठे पक्की भवनको शिलन्यास गरीएको छ । गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले बुधबार भवनको शिलन्यास गरेका हुन । गोदावरी नगरपालिकाको बुढीतोला, फुलबस्ती, सिमका ग्रामीण क्षेत्रका विद्यालय जीर्ण रहेका ठाउँमा नयाँ भवन निर्माण गरिएकोमाअहिले विद्यालयको भवन शिलान्यास गरिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

काठ, माटो र ढुङ्गाले बनेका भवनमा पठन पाठन गरिदै आएको र डेस्क, बेञ्चको अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य भएको अबश्थामा भवनको शिलान्षस गरिएको हो । पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाइने समस्याबाट अधिकांश विद्यालय ग्रसित हुँदै आएको भए पनि स्थानीय सरकार गठनपश्चात् अहिले केही मात्रामा भौतिकमात्रै नभई शैक्षिक सुधार समेत हुँदै गएको बताईएको छ । विद्यालयको भौतिक संरचना सुधार भएसँगै गोदावरी नगरपालिकाले शैक्षिक गुणस्तरलाई अघि बढाउनतर्फ लागेको बताईएको छ ।

शैक्षिक गुणस्तर बढाउनका लागि गोदावरी नगरपालिकाले सामुदायिक विद्यालयको तह मिलान तथा समायोजन गरेको बताईएको छ । ५६ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेको गोदावरीमा २१ वटा माध्यमिक र ३ वटा धार्मिक विद्यालय सहित ३६ वटा आधारभूत तहका बिद्यालयहरु रहेको शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले जानकारी गराए । प्राबिधिक शिक्षा अन्तरगत दुर्गालक्ष्मी नमूना माबिमा कम्प्युटर शिक्षा पढाई भईरहेको जानकारी गराए । शिलान्यास पश्चात बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले एक वडा एक नमूना कार्यक्रम अन्तरगत भवन निर्माण सुरु भएको बताए ।

उनले विद्यालयमा विद्यार्थीको संख्या बढी भएको र भौतिक पूर्वाधार अभाव भएकाले एउटा २ कोठे प्रशासनिक भवन निर्माण गर्न लागिएको बताए । ‘बजार नजिकैको विद्यालय भएकाले विद्यार्थीको संख्या बढी भएकाले ‘विद्यालयमा भवन अभावको माग लिएर विद्यालय व्यवस्थापन समिति आएपछि सहयोग गरेको उनले बताए । विद्यालयको प्रशासकिय भवन नगरपालिकाले सहयोग गरेको बताउदै उनले एक वडा एक नमूना कार्यक्रम अनुरुप गोदावरी नगरपालिकाको २४ लाख रुपैयामा विद्यालयको २ कोठे पक्कि भवन निर्माण भैरहेको बताए ।

बाह्य सामग्रीहरूको लागि टेण्डर प्रक्रिया मार्फतकाम अगाडी बढाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घ राज भट्टले जानकारी गराए । कार्यक्रममा गोदावरी नगरपालिका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष गोपाल दत्त भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घ राज भट्ट लगाएत अभिभावक, शिक्षक, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । विद्यालयमा १ हजार १ सय ६० जना विद्यार्थी अङ्ग्रेजी भाषा र ९ सय बढी नेपाली भाषाका विद्यार्थीहरु रहेको बताइएको छ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस