भदौ २६ काठमाण्डौ । सार्वजनिक सवारीमा दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो साता देखि खुल्ने भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले असोजको पहिलो साता देखि अग्रिम टिकट बुकिङ खुल्ने जानकारी गराएका हुन ।
सामान्यतया १५ दिन अगाडी टिकट बुकिङ खुल्ने प्रचलन रहेको हमालले बताए । कहिले देखि खुलाउने भन्ने विषयमा एक चरणको छलफल भइसकेको उनले बताए । असोजको पहिलो हप्ता देखि खुलाउने गरी तयारी भएको उनले बताए । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि घटस्थापनाको एक हप्ता अगाडीदेखि टिकट बुकिङ खुलाउनेबारे छलफल भइरहेको बताए ।
‘अहिले सडक त्यति राम्रो छैन,’सडक मर्मतका लागि हामीले मातहतका निकायलाई घच्कच्याइरहेका छौँ । अहिले कतिपय ठाउँमा सडक मर्मत गर्ने कार्य भइरहेको छ ,रिजालले भने ।
कतिपय यातायात व्यवसायीले अहिले नै अनलाइनबाट टिकट बुकिङ खुला गरिसकेका छन् । यसरी बुकिङ खोल्दा फेक नामबाट टिकट काट्ने प्रवृत्ति बढेर ब्ल्याकमा बेच्ने समस्या पनि आउन सक्छ उनले भने । रिजालले यसबारे आवश्यक समन्वय गरिरहेको जानकारी गराए ।