नेपाली जन्ताहरु अहिले फेरी डेंगुरोगका कारण चिन्तीत बन्दै गएका छन । लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको रोकथामका लागी सबैले एकजुट भएर लाग्न जरुरी छ । हरेक कुरामा सरकारलाई मात्र दोष दिने संस्कारको अन्त्य गर्दै सरसफाईमा ध्यान दिन आवश्यक छ ।
डंंगु रोग नियन्त्रण हामी सबैको साझा अभियान बन्नु पर्दछ । डेंगु रोग नियन्त्रण तथा रोकथाम गर्न घर आँगनमा पानी जम्न हुदैन र जमेको पानी पनि फेर्नु पर्छ भन्ने सन्देश दिन हामी सबैले अग्रसर हुन जरुरी छ । एडिस एजिप्टाई÷ एलबोपिक्ट जातको संक्रमित लामखुट्टेको टोकाई बाट डेंगु रोग सर्ने भएकाले लामखुट्टेको जन्म नहोस भन्ने सोचका साथ लाग्न आवश्यक छ ।
डेंगु रोगको संक्रमणकाल ३ देखि १० दिन सम्मको हुनुका साथै उच्च ज्वरो आउनु,टाउको दुख्नु, पेट दुख्नु, वाकवाकी लाग्नु, आँखाको गेडी दुख्नु, जीउ, जोर्नी दुख्नु र रातोरातो बिमिराहरु देखा पर्नु यसका लक्षणहरु हुन । ज्वरो आएको ३ देखि ५ दिन पछि लक्षण देखा पर्ने भएकाले समयमै सबैले सचेत हुन जरुरी छ ।
नेपालमा पहिलो पटक २००४ सालमा डेंगुरोग देखा परेको भए पनि अहिले यसले उग्र रुप लिन सक्ने संकेत देखाएकाले स्वास्थ्य कार्यालयले सचेत हुन आग्रह गरेको छ । नेपालमा अहिले पाँच सय जनामा डेंगु देखिएको पनि सबैले सचेत हुन जरुरी छ । डेंगु रोगको रोकथामका लागी एकजुट हुन आवश्यक छ ।