"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

डडेल्धुरा मेडिकल कलेजमा बीएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापन गरिने

Khabar Raftar

भदौ २४ डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजमा बीएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापन गरिने भएको छ । बीएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरे पछि बीएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापन गरिने भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले बीएस्सी नर्सिङका लागि २० र पब्लिक हेल्थको लागि २० सिट आयोगले निर्धारण गरेको जानकारी गराए । उनका अनुसार अघिल्लो वर्षदेखि अध्ययन सुरु भएको ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्ययनका लागि भने १० सिट निर्धारण गरिएको छ । बिएस्सी नर्सिङ र पब्लिक हेल्थको अध्यापनका लागि सिट निर्धारण भइसकेको बताउदै उनले एउटा कैफियत देखिएको बताए ।

अर्थ मन्त्रालयले स्रोत सहमति दियो भने मात्रै अध्यापन सुरु हुने अवस्था भएको बताउदै उनले अर्थबाट स्रोत सहमति प्राप्त गर्नका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी गराए । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेको झण्डै दुई वर्षपछि पहिलोपटक २०८० असोजमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन जोशीका अनुसार डडेल्धुरा मेडिकल कलेज मार्फत पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएकोमा ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको अध्यापन गत वर्षदेखि सुरु भएको थियो ।

एमबीबीएस अध्यापनका लागि भने डडेल्धुरा अस्पतालको स्तरोन्नति आवश्यक रहेको उनले बताए । अहिले डडेल्धुरा अस्पताल एक सय शय्याको स्वीकृत दरबन्दी अनुसार सञ्चालन भइरहेको बताउदै डीन जोशीले डडेल्धुरा अस्पताल स्तरोन्नति भएर तीन सय शय्यामा सञ्चालन भएको तीन वर्षपछि मात्रै एमबीबीएसको अध्यापन अनुमति पाउने बताए ।

उनका अनुसार, मेडिकल कलेजमा एमबीबीएसको अध्यापन गराउनका लागि तीन वर्षसम्म ३ सय शय्याको अस्पताल सञ्चालन गरेको हुनुपर्ने प्राब्धान रहेको छ ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ