"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बाजुराको अर्गानिक स्याउ बिक्रीका लागि बजारमा पठाउन थालीयो

Khabar Raftar

भदौ २३ बाजुरा । बाजुराको पूर्विउत्तर क्षेत्रमा पर्ने कर्णाली पारीको अर्गानिक स्याउ बिक्रीका लागि बजारमा पठाउन थालिएको छ । बाटो अवरुद्ध भएका कारण केही दिन रोकिएको स्वामिकार्तिक खापर गाउँपालिकाको अर्गानिक स्याउ कर्णाली करिडोरको बाटो सञ्चालनमा आएपछि बिक्रीका बजारमा पठाउन थालिएको हो । स्वामिकार्तिकको जेवाले , सैडेओ खुनका , लोकी र जोरु लगायतका विभिन्न ठाउँमा किसानले उत्पादन गरेकोे स्याउ लीन ठेकेदारे बारीमै पुगेपछि कर्णाली करिडोरको बाटो हुँदै स्याउ कैलालीको लम्की, नेपालगञ्ज, काठमाण्डौ, लगायतका विभिन्न बजारमा बिक्रीका लागि पठाइएको स्याउ किसानले बताएका छन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

कोल्टी–मार्तडी सडक सुचारु होला भनेर बारिमै राखिएको अर्गानिक स्याउँ सडक सुचारु नभएपछि ठेकेदारले कर्णाली केरिडोरको बाटो हुँदै विभिन्न बजारमा लिएको स्वामिकार्तिक खापर गाउँपालिकाका वडा नम्बर –१ जोरुका स्याउ किसान धनबहादुर रावलले बताए । उत्पादन गरिए पनि कतै बजार नपाउँने े अर्गानिक स्याउ पछिल्लो समय गाउँपालिकाको पहलमा देशका विभिन्न बजारमा बिक्रीका लागि जान थालेपछि सहज भएको उनले बताए । गाउँमै अर्गानिक स्याउ उत्पादन गरेपनि समयमै बजार नपाउँने भएकाले अधिकाशं किसानले स्याउ खेतीमा खासै चाँसो नदेखाएको बताउदै उनले अहिले स्याउ देशका सहर बजारमा माग हुन थालेपछि फेरी किसानले स्याउ खेती गर्न थालेको रावलले बताए ।

गत वर्ष बाजुरामा उप्तादन गरिएको स्याउ अछाम , डोटी , डडेलधुरा , कैलाली हुँदै काठमाण्डौमा बिक्रीका लागि पठाईएको उनले बताए । यस वर्ष मार्तडी–कोल्टी सडक लामो समय देखि अवरुद्ध बन्दै गएकोले स्याउँ कर्णाली करिडोरबाट कैलाली , नेपालगञ्ज र काठमाण्डौ लगिएको उनले जानकारी गराए । यस बर्ष स्वामिकार्तिक खापर गाउँपालिकामा झण्डै एक करोड भन्दा बढीको स्याउँ उत्पादन भएको स्वामिकार्तिक खापर गाउँपालिकाको कृषि विकास शाखाले जानकारी गराएको छ । स्थानीय , डेलिसिएस , रोयल , रेडडेलिसियस , गोल्डेन , गाला , फुजी लगायतको स्याउ उत्पादन हुने गरेको स्वामिकार्तिक खापर गाउँपालिका कृषि शाखा प्रमुख बिनोद शाहीले बताए ।

स्वामिकार्तिक खापर गाउँपालिका बाजुराको सबै भन्दाबढी स्याउँ उत्पादन हुने पालिका भएको बताउदै उनले पछिल्लो समयमा जेवाले , सैडेओ खुनका , लोकी र जोरु लगायतका विभिन्न ठाउँमा स्याउ राम्रो उत्पादन हुने गरेको बताए । कृषि शाखा प्रमुख शाहीले केही दिन पहिला दुइ ट्रक स्याउँ कैलालीको लम्की बजारमा पठाएको बताउदै अझै तीस ट्रक स्याउ जिल्ला भन्दा बाहिर लिएर बिक्री गर्ने तयारी भइरहेको बताए । बाजुराको हिमाली , जगनाथ , बुढीनन्दा , गौमुल र खप्तड छेडेदह लगायतका स्थानीय तहमा पछिल्लो समयमा स्याउ उत्पादन हुने गरेको बताउदै उनले सबै भन्दाबढी स्वामिकार्तिक खापर गाउँपालिकामा स्याउ उत्पादन हुने गरेको जानकारी गराए ।

स्याउँ उत्पादनका लागि राम्रो उपयुक्त माटो भएकाले अधिकाशं किसानलाई थप स्याउ खेतीमा लाग्न उत्प्रेरित गर्दै आएको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताए । स्वामिकार्तिक खापर गाउँपालिकाका विभिन्न गाँउमा उत्पादन गरिएको स्याउ ट्याक्टर मार्फत पिलुचौर सम्म ढुवानी गरिएको बताउदै उनले ट्रक मार्फत स्याउ सुर्खेत, नेपालगञ्ज, धनगढी लगायतका सहरमा निर्यात भइरहेको बताए । हाल सम्म स्वामिकार्तिक खापर गाउँपालिकाबाट झण्डै १४ ट्रक स्याउ निर्यात भईसकेको जानकारी गराउदै उनले आगामी आर्थिक बर्षमा गाँउपालिकालाई स्याउ गाँउपालिका भनि चिनाउने गरि किसानलाई स्याउ खेतीमा लाग्न उत्प्रेरित गर्ने योजना बनाएको अध्यक्ष रोकायाले बताए ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ