"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बाजुराको मार्तडी बजारमा सडक बाटोको कित्ताकाट गरिने

Khabar Raftar

भदौ २४ बाजुरा । बाजुराको सदरमुकाम मार्तडी बजारमा सडक बाटोको कित्ताकाट गरिने भएको छ । जग्गाको वर्गीकरण गरि सडक बाटोको कित्ताकाट गरिने भएको हो । बडिमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजारको सडक बाटो लगायत बिभिन्न क्षेत्रको कित्ताकाट गर्ने भएको हो । मार्तडी बजारमा अव्यवस्थीत घरहरु र बाटोको सीमाना निर्धारण नहुँदा देखिएको समस्यालाई हल गर्न केही महिना भित्र कित्ताकाट गरिने नगरपालिकाले जानकारी गराएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

कित्ताकाट गर्न नेपाल सरकारले केही समय रोके पनि बाजुराको हकमा सुचारु गर्ने गरि परामर्श गरीसकेको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले जानकारी गराए । घरहरुमा जाने बाटो, सडकको क्षेत्र, व्यक्तिका घर र शहरी मापदण्ड अनुसारको घर जग्गा निर्माणको काम पनि कित्ताकाट लगत्तै सुरु गरिने नगर प्रमुख खड्काले बताए । स्थानीयको पहिलो प्राथमिकता शिक्षा स्वास्थ्य, खानेपानी बाटो लगायतका भौतिक संरचना रहेकोले नगरपालिकाले पनि त्यसैलाई जोड दिँदै मार्तडी बजारलाई व्यबस्थीत गर्न एक महिना भित्र कित्ताकाट गरेर बजारलाई व्यवस्थीत गर्दै लैजाने नगर प्रमुख खड्काले   बताए ।

पालिकाले लामो समय देखि घरजग्गा नक्शा पासको कामलाई समेत पूणर्ता दिन नसक्दा बजारको ब्यबस्थापनमा समस्या भएकाले समस्या समाधानका लागि पहल गरिएको बडिमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापाले बताईन । सबै विषयलाई समाधान गर्ने गरि काम अघि बढाइएको नगरपालिकाकी उप प्रमुख थापाले बताईन । मार्तडीको मुहार फेर्नका लागि स्थानीय सरकारले खानेपानी, शिक्षा, स्वास्थ्य सडक, पुल लगायतका भौतिक पूर्वाधारका संरचनाहरूलाई विशेष जोड दिँदै आएको बडिमालिका नगरपालिका उप प्रमुख थापाले बताइन् ।

त्यसरी वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्तिवक महत्व र नगरपालिकाबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र नगरपालिकाको क्षेत्राधिकार रहेको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केशीले बताए । त्यस्तो विवरण तयार पार्दा वर्गीकृत जग्गामा हुन सक्ने विभिन्न खालका जोखिमको विश्लेषण सहितको नक्साङ्कन गरि कामलाई अगाडी बढाउने प्रमुख प्रशासकिय अधिकृत केशीले बताए ।

आवश्यकता अनुसार स्थानीय तहले स्थानीय भू–उपयोग गर्न पाउने नितिमा भएको व्यवस्था अनुसार कामलाई अगाडी बढाईएको केशीले बताए । जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्रमा मानिस हिँड्ने तथा सवारी सञ्चालन हुने सडकको उचित व्यवस्थापन नहुँदा बजार अस्तव्यस्त रहेकाले त्यसलाई ब्यबस्थीत गरि अगाडी बढ्ने प्रमुख प्रशासकिय अधिकृत केशीले    बताए ।

भर्खरै

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै
तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी
सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो
महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने
जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता
सुदूरपश्चिम प्रदेशका सांसद र उत्तराखण्डका मुख्यमन्त्रीबिच भेटवार्ता
बैतडीको पाटनमा सञ्चालन गरिएको सहरी गाउघर क्लिनिकमा १ सय ६३ जनाले सेवा लिए

धेरै कमेन्ट गरिएको

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

kk

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

42810545-0eda-44c2-99bd-ff6affc2bebe

तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

sariya

सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

cropped-cropped-khabar-raftar-2.png

कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ

a

दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण

bbb

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

11

जात सोधेर घर भाडामा नदिनेलाई कारवाही गरिने,प्रमुख जिल्ला अधिकारी सापकोटाको प्रतिबद्धता