"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

लक्ष्मी मा.वि पहिरोको उच्च जोखिममा

Khabar Raftar

भदौ २३ बाजुरा । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर–७ जिल्ली स्थित लक्ष्मी मा.वि पहिरोको उच्च जोखिममा रहेको छ । वर्खाको समय विद्यालयको तलमाथि तथा वरपरबाट पहिरो लाग्न थालेपछि पहिरोको जोखिममा रहेको हो ।
हिउँदको महिना राम्रोसँग सञ्चालन हुँदै आएको लक्ष्मी माविमा शिक्षकहरु डरैडरमा बालबालिकालाई पढाउँन थालेका छन् । पानी परेको समयमा विद्यालयमा पहिरो जाने गरेकोले त्यति बेला कक्षा कोठामा बसालेर बालबालिकाहरुलाई पढाउँन निकै डर लाग्न थालेको विद्यालयले जनाएको छ । पानी परेको बेला धेरै ठाउँमा दिउँसै ठुलठुला पहिरो गएर गाइ गोरु च्यापिएर मरेका छन् भने कयाँै मानिस पनि घाइते भएका छन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

विद्यालय पनि पहिरोको उच्च जोखिममा रहेको छ । कुन दिन पढ्ने बेलामा विद्यालय पहिरोमा परिणत भएर पढ्दा पढ्दै ज्यानै जाने हो की भन्ने मनमा निकै डर हुने गरेको बडिमालिका नगरपालिका वडा नम्बर–७ जिल्लीमा रहेको लक्ष्मी माविका कक्षा १० का छात्रा रमिला विकले बताईन । हिउँदको महिना पानी नपर्ने भएकोले बाहिर बसेर पढ्ने गरेको बताउदै उनले यती बेला बाहिर बसेर पढौ पानीले भिजाउँछ भन्ने डर र भित्र बसौ बाढीपहिरोले विद्यालय नै बगाउँ छकी भन्ने डर भएको
बताईन । विद्यालयलाई अन्य सुरक्षित ठाउँमा स्थानान्तरण नगर्दा सम्म डरैडरमा पढ्नुपरेको छात्रा विकले बताईन ।

मार्तडी–कोल्टी सडकको छेउछाउमा पर्ने विद्यालय २०७८ साल असोज महिनामा डोजरले विद्यालयको नजिकको सडक मर्मत गरेपछि विद्यालयको वपिरीबाट पनि पहिरो जान सुरु भएको लक्ष्मी माविका प्राधानाध्यापक लालचन्द्र जैसीले
बताए । चारै ठाउँबाट पहिरो आएपछि यती बेला विद्यालय निकै जोखिममा रहेको उनले बताए । विद्यालय सञ्चालन गरौ पहिरोको डर ,नगरौ बालबालिकाहरुको पढाइ अवरोध हुने बताउदै उनले सरोकारवाला निकायले पढाइ गर्नु पर्ने भन्ने गरेको बताए । अभिभावकले पनि बालबालिकाहरुलाई केही भयो भने विद्यालयले जान्नु पर्ने बताउदै आएको बताउदै उनले विद्यालयको वास्तविकतालाई स्थानीय , प्रदेश र सङ्घीय सरकारसँग कुरा राख्दै आएको भएपनि अहिले सम्म कतैबाट विद्यालय स्थानान्तरणको बारेमा केही सुनुवाई नभएको प्राधानाध्यापक जैशीले बताए ।

विद्यालयलाई मावि सञ्चालन गर्न निकै समस्या भएको बताउदै उनले मावि सञ्चालन गर्नका लागि उत्तिकै भौतिक पूर्वाधार तथा बालबालिकाहरुलाई आवश्यक पर्ने खेलमैदानको पनि आवश्यक पर्ने बताए । विद्यालयमा ठाउँ सानो भएको बताउदै उनले भौतिक पूर्वाधार निर्माण गरे खेलमैदान नहुने , खेत मैदान निर्माण गरे भौतिक पूर्वाधारको अभाव हुने गरेको बताए । २०७८ साल देखि विद्यालयको वरिपरी चारै तिरबाट सडकका कारण पहिरो जान सुरु भएपछि विद्यालयलाई थप ठुलो सङ्कट परेको उनले बताए । गाउमाथी कठुलो जमिन भएको बताउदै उनले त्यो जमिन पूजाचाँड पर्व समितिको नाममा भएको बताए । स्थानीयले सबैको सहमति भयो भने विद्यालय त्यसै ठाउँमा सार्न सकिने उनले बताए ।

विद्यालयको आर्थिक अवस्था कम्जोर भएका कारण विद्यालयलाई स्थानान्तरण गर्न समस्या भएको उनले बताए । लक्ष्मी माविको अवस्था एक दमै दयनीय भएको बताउदै उनले विद्यालयलाई त्यहाँ देखि अन्य सुरक्षित ठाउँमा स्थानान्तरण गर्नु पर्ने बताए ।
अहिले सम्म केही पहल नभएको बताउदै उनले पछिल्लो समय वडा पालिकालाई विद्यालयको प्रहरीद्धारा मुचुल्का बनाएर नगरमा पठाइ दिनु भनेको बताए । प्रहरी मुचुल्का आएपछि भौतिक पूर्वाधारका लागि विभिन्न निकायमा पहल गर्ने बडिमालिका नरपालिका नगरप्रमुख अम्मर खड्काले बताए ।

विकास गर्ने क्रममा विद्यालय खानेपानी लगायतका भौतिक पूर्वाधारमा केही क्षति भएको भए त्यसको प्रहरी सहितको मुचुल्का र विद्यालयको सिफारिस ल्याएर पूर्वाधारमा आएपछि त्यसलाई हेरफेर गर्दै यसको क्षतिपुर्तिका लागि सम्बन्धीत निकायसंग पहल गर्ने पूर्वाधार विकास कार्यालय अछामका सूचना अधिकारी देविप्रशाद उपाध्यायले बताए ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी