"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिममा अपाङ्तामैत्री संरचना निर्माणका लागि पहल गरिने

Khabar Raftar

भदौ २३ धनगढी । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशले अपाङ्गतामैत्री संरचना निर्माणको लागि पहल गर्ने भएको छ । महासंघले आगामी योजना सार्वजनिक गर्दै स्थानीय स्तर, प्रदेश स्तरमा बन्ने संरचनाहरू अपाङ्गतामैत्री बनाउन पहल गर्ने भएको हो । शनिवार अत्तरियामा भएको अपाङ्गता भएका व्यक्तिहरूको भेटघाट कार्यक्रममा महासंघले गरेका काम र आगामी योजना सार्वजनिक गर्दै प्रदेश अध्यक्ष मान बहादुर साउँदले अझै अपाङ्गतामैत्री संरचना बन्न नसकेकाले यसका लागि पहल गर्ने कामलाई निरन्तरता दिइने बताएका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

महासंघले निःशुल्क शिक्षा, यातायातमा छुट, रोजगार, खेलकुद, मापदण्ड अनुसारका सहायक सामग्री वितरण लगायतका कामलाई पनि प्राथमिकतामा राखी काम गर्ने जनाएको छ । त्यस्तै प्रदेशमा बनेका नीतिहरूलाई संशोधन गर्नमा जोड दिने, स्थानीय तहमा निर्माण गरेका स्वावलम्बन समूहहरूलाई थप सशक्तीकरण गर्ने, स्थानीय तहको नीति तथा कार्यक्रमको सुदृढिकरण, स्थानीय तहमा पनि अपाङ्गता नीति र पालिकामा दोभासेको सहायता कक्षका लागि पहल गर्ने जनाएको छ । अध्यक्ष साउँदले समावेशितालाई स्थानीयकरण र घरेलु करण गर्न पनि आवश्यक रहेको बताए ।

भेटघाट कार्यक्रममा अध्यक्ष साउँदले महासंघले गरेका केही कामको बारेमा पनि जानकारी दिएका थिए । प्रदेशको निजामती सेवा विधेयक २०७८ संशोधन गर्न सफल भएको, एमबिबिएस छात्रवृत्तिको व्यवस्था गर्न सफल भएको, नीति संवाद कार्यक्रम र पहुँच युक्तता सम्बन्धी कार्यक्रम गर्न सफल भएको,निड्वान र संघ संस्था सँग समन्वय गरेर प्रदेश स्तरीय ५ दिने सीआरपीडी तालिम सम्पन्न गर्न सफल भएको बताए । महासंघले प्रभावकारी रूपमा ऐन कानुन कार्यान्वयनमा आउन नसक्नु अहिलेको मुख्य चुनौती रहेको जनाएको छ ।

प्रदेश अध्यक्ष साउँदले सार्वजनिक निकायहरू अपाङ्गता मैत्री हुन नसकेको कारण सेवा प्रवाहमा समस्या भएको,प्रविधि तथा जनशक्तिको अभावमा अपाङ्गता परिचय पत्र वितरणमा द्विविधा हुने गरेको, रोजगारीको लागि गरिएको आरक्षणमा अपाङ्गता अनुसारको विशिष्टीकरण हुन नसक्दा वास्तविक वर्गको समावेशीकरण हुन नसकेको बताए । हाल सुदूरपश्चिममा २०७८ सालको जनगणना अनुसार ७० हजार ८ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी