भदौ २३ धनगढी । कैलालीको धनगढीमा मानव सेवा आश्रमले महायज्ञको आयोजना गरिने भएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर–१५ मा मानवसेवा आश्रमको भवन निर्माण गर्न श्रीमद् सप्ताह ज्ञान विज्ञान महायज्ञको आयोजना गरिने भएको हो । मानव सेवा आश्रमले धनगढीमा आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २३ देखि २९ गतेसम्म महायज्ञको आयोजना गरिने जानकारी गराएको हो ।
मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले धनगढीमा आश्रमको भवन निर्माणका लागि रकम सङ्कलन गर्न महायज्ञको आयोजना गरिने बताए । भागवत भाष्कर कमल नयन गौतमले महायज्ञमा कथा बाचन गर्ने जानकारी गराउदै उनले बिहान साढे ४ बजेदेखि ७ बजेसम्म सात दिन महायज्ञ पंडालभित्र योग शिविर सञ्चालन हुने बताए । विद्यार्थीहरूलाई बिहान ११ देखि २ बजेसम्म मानसिक स्वास्थ्य, दुव्र्यसन सम्बन्धी सचेतना एवं उत्प्रेरणामूलक कार्यक्रम रहने आयोजकले बताएको छ ।
बिहान ११ देखि ४ बजेसम्म सङ्गीतमय कथा प्रवचनको कार्यक्रम रहने र साँझ ७ देखि ९ बजे सम्म विभिन्न सचेतना मूलक श्रव्यदृश्य कार्यक्रम र भनजकिर्तनको कार्यक्रम हुने उनले बताए । महायज्ञमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय तहहरु, संघ÷संस्था, नागरिक समाजसँगै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय व्यक्तिलाई कार्यक्रममा निमन्त्रणा गरिने आयोजकले बताएको छ । धनगढीमा २०७५ सालमा मानव सेवा आश्रमले ११ औँ शाखा विस्तार गरेको थियो ।
आश्रमले धनगढी उपमहानगरपालिका वडा नम्बर–१५ मा ३७ करोडको लागतमा तीन ठुला संरचनाहरू निर्माण गर्ने योजना बनाएको अध्यक्ष अधिकारीले बताए । उनले २ करोड खर्चेर भौतिक संरचना निर्माणको काम पूरा भएको बताए । बाँकी रकमको जोहो गर्न महायज्ञको आयोजना गर्न लागिएको उनले बताए । मानव सेवा आश्रम धनगढी शाखाले अभिभावक परिवार गठन गरेको छ । अभिभावक परिवारको संयोजकमा सिद्धराज पनेरु चयन भएका छन् ।
सह–संयोजकमा कमानसिंह धामी र अम्बिका भण्डारी चयन भएका छन् । जनसम्पर्क समिति एवं मासिक सहयोग प्रवद्र्धन समितिको संयोजकमा मदन कुँवर, भोजन सेवा प्रवद्र्धनमा पुस्कर अवस्थी, जिन्सी सामाग्री सहयोगमा तिलक चन्द खतिवडा, अक्षयकोष श्रीवृद्धि समितिको संयोजकमा श्यामराज श्रेष्ठ, उद्धार र पारिवारिक पुनः मिलनमा कमलसिंह धामी, औषधी उपचार समन्वय समितिमा डाक्टर प्रभात सापकोटा, भवन निर्माण समितिमा राजेन्द्रराज पन्त रहेको बताईएको छ ।
त्यस्तै स्वयंसेवक व्यवस्थापन तथा परिचालन समितिमा कमल ढाँट, तीर्थयात्रा एवं मनोरञ्जन कार्यक्रम आयोजना समितिमा अम्बिका भण्डारी, मुठ्ठी दान सङ्कलन तथा दान बाकस व्यवस्थापन समितिमा धर्मराज कोइराला रहेको उनले बताए ।