भदँौ २३ धनगढी । धनगढीमा सडक किनारमा राखिएका निर्माण सामग्री हटाउने काम सुरु गरिएको छ । उपमहानगरपालिकाले पैदल यात्रुलाई असर पर्ने गरी सडक किनारमा राखिएका निर्माण सामग्री हटाउन सुरु गरेको हो ।
नगर प्रहरीले सडक किनारमा राखिएका निर्माण सामग्री ढुंगा, गिट्टी, बालुवा लगायतका सामग्री हटाउन सुरु गरेको हो ।
हर घडी नगर प्रहरी’ अभियान अन्तर्गत सहर सौन्दर्यकरणका लागि सडक किनारमा अनावश्यक रुपमा राखिएका सामग्री हटाउने कार्य शनिवार देखि सुरु गरिएको हो । सडक दायाँबायाँ व्यवसायी एवं घर धनीले सवारीचालक एवं पैदल यात्रुहरुलाई असर पर्ने गरी राखिएका निर्माण सामग्री हटाउने काममा नगर प्रहरी खटिएको हो ।
धनगढीका विभिन्न स्थानमा राखिएका निर्माण सामग्री हटाइ सकिएको उपमहानगरपालिकाले जनाएको छ । सडक किनारामा निर्माण सामग्री राखेको पाइए उपमहानगरलाई जानकारी गराउन समेत अनुरोध गरिएको छ । हाम्रो धनगढी सफा धनगढी’ अभियानलाई मुर्तरुप दिन दैनिक रुपमा सरसफाई गर्ने काम हुँदै आएको अवस्थामा सडक किनारमा जथाभावी निर्माण सामग्रीले सहरी सौन्दर्यतामा असर पर्ने भउकाले सामग्री हटाउँने गरिएको हो ।
साथै सडक किनारमा राखिएका आफ्ना निर्माण सामग्री आफै हटाएर उपमहानगरलाई सहयोग गर्न व्यवसायी एवं घरधनीलाई आग्रह समेत गरिएको छ ।