"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

हलिया मुक्तिको १६ वर्ष पुरा अझै पुनःस्थापना हुन सकेन

No data was found

Khabar Raftar

भदौ २१ धनगढी । सुदूरपश्चिम र कर्णाली प्रदेशमा कुप्रथाको रुपमा रहेको हलिया प्रथाको अन्त्य भएको १६ वर्ष पूरा हुदा पनि अझै मुक्त हलीयाको पुर्नस्थापना हुन सकेको छैन ।

हलिया महासंघ र नेपाल सरकारबीच भएको पाँच बुँदे सहमति पछि नेपाल सरकारले २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको भए पनि अहिले सम्म मुक्त हलियाको पुर्नस्थापना हुन नसकेको हो । हलीया मुक्ति घोषणाको लामो समय वितीसक्दा पनि मुक्त हलियाको उचित पुनःस्थापना नहुँदा मुक्त हलिया अझै जंगल छेउ,नदी किनार तथा सडक छेउमा छाप्रा बनाएर कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

अधिकांश मुक्त हलियाको पुनःस्थापना भएपनि केही मुक्त हलियाको अझै पुनःस्थापना हुन सकेको छैन् । सरकारले २०६५ सालमा सुदूरपश्चिम प्रदेशका ९ जिल्ला र कर्णाली प्रदेशका ३ जिल्ला गरी १२ जिल्लाका १९ हजार ५९ परिवार मुक्त हलिया रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।

०६८÷०६९ मा तत्कालिन भूमि सुधार मन्त्रालयले दोहोरो, तेहोरो नाम हटाई पुनः प्रमाणीकरण गरेर १६ हजार ९ सय ५३ परिवार मात्रै मुक्त हलिया रहेको तथ्यांक सार्वजनिक गरेको थियो । सरकारी तथ्यांक अनुसार १२ वटै जिल्लाका ७ सय ११ परिवारको अझै पुनःस्थापना गर्न बाँकी रहेको छ । तर हलिया महासंघको तथ्यांक अनुसार २ हजार ७ सय ११ जनाको पुनःस्थापना हुन बाँकी रहेको छ ।

हालसम्म १४ हजार २ सय ४२ परिवारले परिचयपत्र पाएकोे महासंघले जनाइएको छ । नेपाल सरकारले प्रमाणिकरण गरेका १६ हजार ९ सय ५३ घरधुरी मध्ये हालसम्म १३ हजार ५ सय ४६ घरधुरीले मात्रै पुनःस्थापना प्याकेज पाएको राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका अध्यक्ष ईश्वर सुनारले जानकारी गराए ।

उनले पुनःस्थापना प्याकेज पाएका मध्ये नौ प्रतिशत घरधुरीले पुनःस्थापना प्याकेजको अन्तिम किस्ता नपाएको बताउदै अझै २० प्रतिशत मुक्त हलिया पुनःस्थापनाको पर्खाइमा रहेको बताए । हलिया मुक्ति घोषणाको १६ वर्ष पूरा भइसकेको बताउदै उनले सरकारले प्रतिवद्धता गरेको पुनःस्थापनाको समयावधी लम्बिदै जाँदा पुनःस्थापनाको पर्खाइमा रहेका मुक्त हलियाको बसोबासको उचित व्यवस्थापन हुन नसकेको बताए ।

नेपाल सरकार र हलिया महासंघबीच भएको पाँच बुँदे सहमति,१० बुँदे सिफारिस र बस्तुस्थिति अध्ययन समितिको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजान र मुक्त हलियाको दीगो तथा न्यायोचित पुनःस्थापना गर्न तीनै तहका सरकारलाई उनले माग गरेका छन । महासंघको अगुवाइमा भएको पैरवीले सुदूरपश्चिमका केही स्थानीय तहले मुक्त हलिया पुनःस्थापना कार्यविधि पारित गरेको उनले जानकारी गराए ।

हलिया अधिकारकर्मी एवं संविधान सभा सदस्य हरि श्रीपाइलीले सरकारले वस्तुस्थिति अध्ययन समितिको प्रतिवेदन कार्यान्वयनमा ल्याए बाँकी रहेका मुक्त हलियाको पुनःस्थापनामा सहज हुने बताए । उनले अझै पनि कयौँ मुक्त हलियाले परिचय पत्र नपाएको बताउदै कतिले पुनःस्थापना प्याकेज नपाएको बताए । सबै प्रतिवेदनमा उल्लेख भएको बताउदै उनले त्यसको कार्यान्वन हुन आवश्यक भएको बताए ।

अध्ययन समितिको प्रतिवेदनको आधारमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त हलिया,कमैया,कमलरी तथा हरुवाचरुवा पुनःस्थापना कार्यविधि र कार्ययोजना तयार गरेको उनले बताए । कार्यविधि पारित हुन नसकेको बताउदै उनले कार्यविधि पास गरेर अगाडि बढे बाँकी रहेका मुक्त हलियाको पुनःस्थापनमा समयमै हुने बताए ।

भर्खरै

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै
बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्
कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा
कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य
कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु
महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना
सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी
बैतडीमा नसर्ने रोगको परीक्षण सुरु
कैलाली क्षेत्र नम्बर–१ का उम्मेदार जनकराज चौधरीको संकल्प पत्र सार्वजनिक
स्थानीय उत्पादनलाई प्राथमीकता दिऔ

धेरै कमेन्ट गरिएको

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

dhulachaur

बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर मुख्य बजार बन्दै

nirbachan baitadi

बैतडीका ६ जना उम्मेदवारले अझै  बैंक खाता खोलेनन्

atikraman

कैलाली र कञ्चनपुरमा वन क्षेत्र अतिक्रमणको चपेटामा

jangal_0

कैलालीको चुरे गाउँपालिकाका पहिरो विश्थापीत परिवार जङ्गलमा बस्न बाध्य

police-office-kailali-1750325470_2

कैलालीमा माघ महिनामा ५९ दुर्घटना हुँदा ८ जनाको मृत्यु

dambar-saud-12

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको सालिक पुनस्र्थापना

Untitled-49

सुदूरपश्चिम प्रदेशका २३ वटा स्थानीय तह कार्य सम्पादनमा पछाडी

health-check-up

बैतडीमा नसर्ने रोगको परीक्षण सुरु