"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

धनगढीको बेहडाबाबा माध्यमिक विद्यालयले लालपुर्जा पायो

Khabar Raftar

भदौ २ज्ञ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ घसिटामा रहेको बेहडाबाबा माध्यमिक विद्यालयले जग्गाको लालपुर्जा पाएको छ । बिहीवार एक समारोहकाबिच विद्यालयलाई लालपुर्जा हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राना थारूको अध्यक्षता र वडा अध्यक्ष रामलाल चौधरीको प्रमुख आतिथ्यतामा समाजसेवी तथा विद्यालय संस्थापक परिवारबाट ओमप्रकाश भण्डारी र प्रभाकार भण्डारी, पूर्व वडा अध्यक्ष लक्ष्मीनारायण चौधरी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीनबहादुर चन्द, रामसिंह राना, डिलबहादुर बोहरा निर्मल कुमार ओझा, व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक अभिभावक संघका अध्यक्ष मनिराम जैसी तथा शिक्षक अभिभावक संघका सदस्यहरू, अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थितिमा विद्यालयलाई लालपुर्जा हस्तान्तरण गरिएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

२०३५ सालमा विद्यालयको नाममा दर्ता १५ बिघा १२ कट्ठा जमिन २०५२ सालको नापीले हालसाविक गर्दा पर्ति, जंगल र खोल्सी लेखेको थियो । त्यसपछि २०७२ सालमा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर बोहराले जग्गा दर्ता गर्ने प्रक्रिया थालेका थिए । २०७५ साल फागुनमा प्रधानाध्यापक भोजराज शर्माले प्रशासनिक नेतृत्व लिए पछिको पहिलो बैठकले जग्गा दर्ताको प्रक्रिया फेरि अगाडि बढाइएको थियो ।

२०७६ साल असारसम्म कुनै उपलब्धि नभए पछि कैलाली जिल्ला अदालतमा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार ओझालाई प्रतिवादी बनाएर अधिवक्ता भोजराज भण्डारी मार्फत २०७६ भदौ १ गते मुद्दा दर्ता गरिएको थियो । लगातारको मेहेनत पछि २०८० साउन १५ गते करिब ५ बर्षमा ५९ तारेख लगाउँदै विद्यालयको पक्षमा फैसला भएको प्रधानाध्यापक शर्माले बताए । त्यसपछि नापी र मालपोतलाई अदालतले विद्यालयलाई पुर्जा दिन आदेश गरेको शर्माले बताए । ‘२०८१ भदौमा हालसाविक गरी मालपोत कार्यालय कैलालीले लालपुर्जा प्रदान गरेको हो ।

लालपुर्जा प्राप्त गर्दा बाटोले चर्चेको जमिनको लगत कट्टी भई १२ विगाहा २ धुर जमिन विद्यालयले वैधानिक रुपमै पाएको उनले बताए । यो लामो र कठिन काममा विद्यालयको ६ लाख भन्दा बढी खर्च भएको बताइएको छ । यो रकम सोधभर्ना हुन सके पुस्तकालयलाई व्यवस्थित बनाउने योजना भएको उनले बताए । लालपुर्जा हस्तान्तरण लगत्तै कक्षा १० र १२ को बोर्ड परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने १÷१ जना छात्र र छात्रालाई जनही १५ सय नगद पुरस्कार सहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कक्षा १० बाट छात्र लखन चौधरी र छात्रा पशुपति साउँद, कक्षा १२ बाट छात्र कमल कँडेल र छात्रा प्रतीक्षा बोहराले पुरस्कार पाएका हुन् । कार्यक्रममा १० र १२ कक्षा उत्तीर्ण सबै विद्यार्थीलाई टीका, खादा सहित सम्मान गरिएको थियो । कार्यक्रममा तिजको उपलक्ष्यमा नृत्य प्रतियोगिता समेत गरिएको विद्यालयले जनाएको छ । प्रतियोगितामा विद्यालयका २० वटा समूहले भाग लिएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई पुरस्कृत गरिएको प्रधानाध्यापक शर्माले जानकारी गराए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस