भदौ २१ बैतडी । बैतडीका एक जनालाई १६ क्वीन्टल भन्सार छलीको चिनी सहित प्रहरीले पक्राउ गरेको छ । बिहीवार बैतडीको मेलौली नगरपालिका वडा नम्बर–७ काँडा बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरी ल्याएको १ लाख ४४ हजार मूल्य बराबरको १६ क्वीन्टल ५० केजीका ३२ बोरा चिनी सहित पञ्चेश्वर गाउँपालिका वडा नम्बर–३ बस्ने ४८ वर्षीय दामोदर कलौनीलाई प्हरीले पक्राउ गरेको हो ।
कलौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३५१० नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय तस्वदेही, बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा उक्त परिणामको चिनी फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी गराएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले ट्रक, चिनी र ट्रक चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जानकारी गराएका छन ।
Post Views: 16