"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

कञ्चनपुरमा भत्किएको कल्भर्ट नबन्दा आवात जावतमा समस्या

Khabar Raftar

भदौ २१ कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर–७ सुडाचोकमा भत्किएको कल्भर्ट निर्माण नहुदा आवत जावतमा समस्या हुने गरेको छ । व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा आवत जावत गर्न समस्या हुने गरेको हो । भत्किएको कल्भर्टको ठाउँबाट ‘डाइभर्सन’ निर्माण गरेर यातायात सञ्चालन गरिएको छ । ’ह्युम पाइपमाथि ग्राभेल राखेर कच्ची वैकल्पिक बाटो बनाएर आवत जावतलाई सहज बनाईएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

लगातार गाडी चलिरहने हुनाले कच्ची बाटोमा धुलो उडेर आवात जावत गर्न समस्या हुने गरेको स्थानीय डम्बर कार्कीले बताए । कल्भर्ट चाँडै बनाइदिए सजिलो हुने उनले बताए । गत असार २३ गते राति अविरल वर्षासँगै आएको बाढीले राजमार्गको कल्भर्ट भत्काएको उनले बताए । त्यसपछि सुडाचोकमा राजमार्ग भएर आवात जावत गर्ने यातायात ठप्प भएको थियो । कल्भर्ट भत्किएपछि राजमार्ग नजिकैको गाउँको वैकल्पिक बाटोबाट सवारीसाधन चलेको उनले बताए ।

एक लेनको गाउँको सडकमा सवारीसाधन अत्यधिक चाप हुन थालेपछि दुर्घटनाको जोखिमले स्थानीयले गाउँको वैकल्पिक बाटोबाट गाडी चल्न नदिए पछि कल्भर्ट भत्किएको नजिकै राजमार्गमै ह्युप पाइपमाथि ग्राभेलिङ भरान गरेर वैकल्पिक बाटो तयार पारिए पछि हाल सोही बाटो भएर यातायातका साधन सञ्चालन भइरहेको उनले जानकारी गराए । सवारीको चाप अत्यधिक हुनाले वैकल्पिक कच्ची बाटो धुलाम्मे हुने गरेको उनले बताए ।

सदरमुकाम महेन्द्रनगर आवत जावत गर्ने यात्रु र नजिकै बसोबास गर्ने स्थानीय तथा व्यापारीहरुले सडक धुलाम्मे हुँदा सास्ती भोगिरहेको उनले बताए । कल्भर्ट निर्माण नहुँदा धुलाम्मे बाटोमै जोखिम मोलेर सवारीसाधन चलाउनु पर्ने बाध्यता रहेको अटोचालक लालबहादुर विष्टले बताए । सवारी तथा मालवाहक गाडी सबै त्यही बाटोबाट जाने गरेको उनले बताए । गाडीको चाप र धुलो उड्ने हुनाले दुर्घटनाको जोखिम पनि भएको उनले बताए । सरकारले महेन्द्र राजमार्गमा भत्किएको ठाउँमा तत्काल कल्भर्ट निर्माण गरेर आवत जावत सहज बनाउनु पर्ने स्थानीयले माग गरेका छन ।

सडकडिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलका अनुसार भत्किएको ठाउँमा कल्भर्ट निर्माणका लागि डिजाइन तयार पार्ने काम भइरहेको छ । ’सर्भे, डिजाइन निर्माण र कागजपत्र मिलान गर्नुपर्दा कल्भर्ट निर्माणको काम केही ढिलाइ भएको बताउदै उनले अहिले प्राविधिक टोलीले डिजाइन दिएको बताए । त्यसको अध्ययन गरेर भदौ अन्तिमतिर डिजाइनले पूर्णता पाउँने र त्यसपछि ठेक्का प्रक्रियामा गएर निर्माणको काम अघि बढने उनले बताए ।

भत्किएको कल्भर्टको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर अहिले डिजाइनको खेस्रा तयार गरेको बताउदै इन्जिनियर सिग्देलले विज्ञप्राविधिक टोलीबाट छ–छ मिटर लम्बाइको ‘डबल सेल’ कल्भर्ट निर्माण गर्नुपर्ने सुझाव सहित प्रारम्भिक डिजाइन प्राप्त भएको बताए ।

यसअघि भत्किएको कल्भर्ट सात मिटर लम्बाइको एउटै भएको बताउदै उनले डिजाइन तयार भएपछि नयाँ कल्भर्ट निर्माणका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिने बताए । आपत्कालीन अवस्थामा काम गर्न थोरै बजेट हुने र त्यसले नयाँ कल्भर्ट निर्माण गर्न सक्ने अवस्था नहुने इन्जिनियर सिग्देलले बताए । त्यसैले डिजाइन तयार भएपछि बजेटका लागि अर्थ मन्त्रालयमा फाइल पठाउने उनले बताए ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस