आजकाल मानव स्वास्थ्य प्रति खेलबाड हुदै आएको छ । तरकारी फलफुल औषधी जस्ता विषयमा हेरफेर गरेर मानव स्वाश्थ्य प्रति खेलबाड हुदै आएको छ । फलफुल र तरकारीमा विषादी मीसायर मानव जीवनसंग खेल्बाड गरिदै छ भने औषधी पनि म्याद गुजे्रका औषधी विक्री वितरण गर्ने गरेर मानव स्वाश्थ्य प्रति खेल्बाड गर्ने कार्य हुदै आएको छ । स्वाश्थ्यका लागी हानिकारक पदार्थहरुको यसरी खेले आम प्रयोग हुदै आएकाले सँम्बन्धीत निकाय गम्भिर हुन जरुरी छ । बढ्दै गएको लागु औषधको सेवनले मानव स्वाश्थ्यमा ठुलो असर पार्ने गरेको छ ।
यसको रोकथाम समेत हुन नसक्दा समस्या विकराल बन्दै गएको छ । यस तर्प सरकारको ध्यान जान जरुरी छ । हुन त प्रहरीले आफ्नो काम गर्दै आएको छ । तर पनि अपराध रोकीएको छैन । त्यसैले कारणको जरो पत्ता लगाएर योजना सहित अगाडी बढ्न जरुरी छ । सुर्तीजन्य पदार्थ सेवनका कारण पनि मानव स्वाश्थ्यमा गम्भिर असर पर्ने गरेको छ । तर पनि निर्बाध रुपमा विक्री वितरण हुदै आएका छन । यता तर्फ पनि सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।
सरकारले समग्र देशको चित्र हेरेर योजना बनाई काम गर्न जरुरी छ । म्याद ग्ज्रैका औषधी बेच्नेलाई कारबाही नगर्ने, तरकारी र फलफुलमा विषादी मीलाउनेलाई कारबाही नगर्ने भए पछि यस्ता गतीविधीहरु बढ्ने नै भए । लागु औषध नियन्त्रणका लागी भने प्हरीले गर्दै आएको काम सराहनीय छ । अझै गर्नु जरुरी छ ।
सुर्तीजन्य पदार्थको सेवनमा पनि कडाई गर्न जरुरी छ । जनस्वास्थ्यलाई गम्भीर हानि पु¥याउने सुर्तीजन्य पदार्थ, लागु औषध, खाद्ययमा मीसावट जस्ता विषयमा सम्बन्धीत निकाय गम्भिर हुन जरुरी छ । यस्ता विषयलाई निरुत्साहित गरी हजारौँ मानिसको ज्यान बचाउने कार्यमा हामी सबै लाग्न जरुरी छ । मानव स्वाथ्य प्रति हामी सबै गम्भिर बन्न जरुरी छ ।