"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सहमतिमै संविधान संशोधन हुन्छ, अपव्याख्या नगरौँ ः गृहमन्त्री लेखक

Khabar Raftar

भदौ २० धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश लेखकले सहमतिकै आधारमा संविधान संशोधन हुने बताउदै अपब्याख्या नगर्न आग्रह गरेका छन । नेपाली कांग्रेस कैलालीले पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री लेखकले संविधान निर्माण गर्दा भएको सहमति जस्तै संविधान संशोधनमा पनि हुने बताए । ‘संविधान निर्माण गर्दा प्रमुख राजनैतिक दलहरूसँग सहमति गरेको बताउदै उनले सहमति गरेर संविधान संशोधन गर्ने बताउदै अहिले संविधान संशोधनको विषयलाई अपव्याख्या गर्न आवश्यक नभएको बताए ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

संविधान संशोधन गर्दा आधारभूत तत्त्वलाई थप बलियो बनाइने बताउदै गृहमन्त्री लेखकले संविधान संशोधन गर्दा आधारभूत तत्त्वहरू संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था ,विधिको व्यवस्था, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, मानव अधिकार र समावेशी चरित्रको राज्य व्यवस्थालाई बलियो बनाउनको लागि संविधान संशोधन गर्ने बताए । गृह मन्त्री लेखकले यस विषयमा अनावश्यक टिका टिप्पणी गर्नुपर्ने आवश्यकता नभएको बताउदै संसदका दुई ठुला र प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउने कुरा विरलै देखिने गरेको बताए ।

संसदका दुई ठुला र प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउदा देशमा केही सुधारको सङ्केत देखिएको बताउदै उनले स्थिर समीकरण र स्थिर सरकार गठनको लागि ठुला दुई दलको समीकरण तयार भएको बताए । ‘दिगो सान्ती, सुशासन, विकास र संवृद्धिको लक्ष्य सहित नयाँ समीकरण बनाइएको बताउदै उनले समय सापेक्ष ढंगले संविधान संशोधन गर्ने बताए । १० वर्षको सशस्त्र द्वन्द्वका सबै घटनाहरू अन्वेषण गर्ने, सत्यको खोजी गर्ने, न्याय गर्ने र दोस्रो पटक यस्ता द्वन्द्व नहुने सुनिश्चितता गर्ने उद्देश्य रहेको समेत उनले बताए ।

ठुला दुई दल मिल्दा शान्ति प्रक्रियाका बाकी काम पनि टुङ्गोमा पुग्न लागेको उनले बताए । आम जनतामा सकारात्मक सन्देश गएको बताउदै उनले अहिले कानुन पारित गर्ने बित्तिकै अन्तर्राष्ट्रिय देश र महत्त्वपूर्ण ९ वटा संघ संस्थाले समर्थन गरेको बताए । उनले दुई ठुला दल मिलेर बनेको समीकरणको पूर्ण पालना हुने र सहमतिहरू इमानदारिता पूर्वक कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै एमालेसँग समीकरण बनाउँदै गर्दा प्रतिस्पर्धाको दृष्टिकोणले पनि हेर्न नेता कार्यकर्ताहरूलाई सुझाव दिए । ‘हामी संयुक्त रूपले समीकरण बनाएर जाँदै गर्दा सँगसँगै प्रतिस्पर्धा पनि दिमागमा छ ।

प्रतिस्पर्धा पनि छ र समीकरण बनाएर अगाडी बढिरहेको यो अवस्थामा अत्यन्त सुझबुझका रुपमा अगाडी बढ्न जरुरी छ ’ उनले भने । त्यसैगरी गेटा मेडिकल कलेजको कानुन अन्तिम चरणमा रहेको र कानुन लागु गरेर गेटा मेडिकल कलेजलाई अगाडी बढाउने गृहमन्त्री लेखकले बताए ।

कैलालीमा आवश्यक स्थानमा प्रहरी चौकी निर्माण गर्ने, भन्सार क्षेत्रमा नागरिकमाथि हुने सास्ती कम गर्न सिमा सुरक्षा जाँचको विषय अगाडी बढाउने र राष्ट्रिय परिचय पत्र प्राप्तिमा हुने सास्ती समेत कम गर्ने आश्वासन दिएका थिए । गृहमन्त्री लेखकलाई कांग्रेस कैलाली सचिव नृप सुनारले जिल्लाको आवश्यकताको विषयमा जानकारी गराएका थिए । उनले जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरी बिटहरू स्थापना गर्न,स्थापना भएकाहरूमा संरचना बनाउन र केही प्रहरी कार्यालयहरूको स्तरोन्नति गर्न माग गरेका थिए ।

भर्खरै

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने
लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ
गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण
गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम
दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न
भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी
सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह
जलविद्युत निर्माणमा सरकारको ध्यान जावस
धनगढी – दीपायल द्रुतमार्गको २५ किलोमिटर कालोपत्र गर्न ठेक्का गरिने

धेरै कमेन्ट गरिएको

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seema

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

download

त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने

pakrau-1

लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ

wada-no-12

गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण

book-free

गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम

4

दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न

bhim-rawal-sudur

भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी

11

सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह