"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

अछाम्मा मदिरा सेवन गरेका २ जनाबाट पत्रकार चदारा कुटिए

Khabar Raftar

भदौ २० अछाम । अछामको मेल्लेख गाउँपालिकाको कार्यालय परिसरमा एक जना युवक कुटिएका छन् । मेल्लेख गाउँपालिका वडा नम्बर–५ खिमाडाका गोकुल बोहरा र गौतम साउँदले सोमवार राति मदिरा सेवन गरेर पत्रकार लाल चदारालाई कुटपिट गरेका हुन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनीहरूले मदिराको तालमा गाउँपालिका कार्यालयको ढोकामा समेत लात्तीले हानेको बताईएको छ । स्थानीय पत्रकार लाल चदारालाई दुई जना युवाले गालीगलौज गर्दे लछारपछार र कुटपिट गरेको बताइृउको छ । मदिरा सेवन गर्न आवश्यक रकम माग्ने र नदिनेलाई गालीगलौज र कुटपिट गर्ने गरेको प्रहरीले बताएको छ । पीडित लाल चदाराले प्रहरीमा उजुरी नदिएको प्रहरीले जनाएको छ ।

मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काकी श्रीमतीलाई उनीहरूले गालीगलौज गरेपछि प्रहरीलाई खबर गरिएको प्रहरीले जानकारी गराएको छ । उनीहरू दुबै जना जिल्ला प्रहरी कार्यालय, अछामको थुनुवा कक्षमा रहेको प्रहरीले जानकारी गराएको छ । उनीहरूको विरुद्धमा अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी गराए ।

गाउँपालिकाका उपाध्यक्षकी श्रीमतीको निवेदनको आधारमा दुई जना युवकलाई पक्राउ गरिएको बताउदै उनले अनुसन्धान र प्रमाणका आधारमा उनीहरूलाई थप मुद्दा समेत चलाउन सकिने बताए । साँफेबगरमा आयोजना गरिएको तिज प्रतियोगितामा सहभागी हुन आवश्यक रिहर्सल गरिरहेका बेला बोहरा र साउँदले मदिराको तालमा ढोकामा लात्ती बजार्दै भित्र प्रवेश गरेको आरोप छ ।

कार्यालय भित्र प्रवेश गरेका उनीहरूको कुटपिटबाट चदाराको टाउको र खुट्टामा चोट लागेको छ । पालिका छिरेर अपशब्द बोलेका उनीहरूले मेल्लेख प्रहरी चौकीको प्राङ्गणमा समेत गालीगलौज गर्न थालेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको छ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?