"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिम प्रदेशमा हवाई सेवाको पहुँच १० प्रतिशत मात्रै

Khabar Raftar

भदौ १७ धनगढी । सुदूरपश्चिम प्रदेशमा हवाई सेवाको पहुँच १० प्रतिशत मात्रै रहेको छ । १० वर्षे जनयुद्धमा भएका विमान स्थल पनि सुरक्षाका दृष्टिले बन्द गरिपछि अहिले सुदूरपश्चिम प्रदेशमा हवाई सेवाको पहुँच १० प्रतिशत मात्रै रहेको हो । डडेल्धुरा बाहेक सुदूरपश्चिमका सबै जिल्लामा हवाई सेवा उपलब्ध भए पनि युद्धकालमा बन्द भएका अधिकांश विमानस्थलहरु अहिले पनि सञ्चालन हुन सकेका छैनन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

देशले शान्ति प्रक्रियामा प्रवेश गरेको लामो समय वितिसक्दा पनि अधिकांश विमानस्थल अझै सञ्चालन हुन सकेका छैनन । नियमित रुपमा उडान हुने धनगढी विमानस्थल सुदूरपश्चिम प्रदेशको एक मात्र विमानस्थल हो । पहाडी जिल्लामा रहेका केही विमान स्थलमा उडान हुने गरेको भए पनि विविध कारण समय समयमा अवरुद्ध हुने गरेका छन । जसका कारण सुदूरपश्चिम प्रदेशका ९० प्रतिशत नागरिक हवाई सुविधाबाट वञ्चित भएका छन । सुदूरपश्चिम प्रदेशको हवाई सेवा विस्तार र विकासका विषयमा प्रदेश र कुनै पनि स्थानीय तहसँग कुनै योजना भएको देखिदैन ।

प्रदेशको हवाई सेवा विस्तार र विकासका लागि प्रदेश र स्थानीय सरकारले योजना बनाउनु पर्ने आवाज उठ्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा हवाई सेवा १० प्रतिशत मात्रै भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए । काठमाण्डौं–धनगढी अनि धनगढी–काठमाण्डौं नियमित कनेक्टिभिटी भनेको यति भएको उनले बताए । राजाका पालामा बनेका विमानस्थल सञ्चालनमा ल्याउन सक्ने हो भने सुदूरपश्चिमका जनताको हवाइ सेवासँग पहुँच बढ्ने उनले बताए । तर यस विषयमा कसैको ध्यान जान नसकेको उनले बताए ।

अछामको साँफेबगर र बझाङको चैनपुरमा फेरी हवाई उडान सुरु भएको छ भने बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दीपायल, अछामको कमलबजार, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द रहेका छन् । बाजुराको कोल्टी विमानस्थलमा हवाईसेवा नियमित हुनसकेकोे छैन । सुदूरपश्चिम प्रदेशमा सहज हवाई सुविधा नहुँदा पर्यटन क्षेत्रको विकास समेत हुन सकेको छैन् । नेपालकै सुन्दर ठाउँ खप्तडमा हालसम्म विदेशी पर्यटक आउन सकेका छैनन ।

बन्द विमानस्थल सञ्चालन ाभए सम्म पर्यटन विकास हुन नसक्ने पर्यटन व्यवसायीले बताउदै आएका छन । विमानस्थलमा जहाज नउड्दा आपतकालीन बिरामी तथा अन्यत्र लैजानुपर्ने गर्भवती महिलाले ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ । डोटीको दिपायल विमानस्थल २०२६ सालमा स्थापना भई पटक–पटक सञ्चालनमा आउने र बन्द हुने गरेको छ । माओवादी आक्रमणबाटै २०५८ साल देखि पूर्ण रुपमा बन्द उक्त विमानस्थल गौचरन र खेलमैदानमा परिणत भएको थियो । २०७३ सालमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढाए पछि केही महिना नियमित उडान भए पनि विमानस्थलमा जहाज आउन फेरी बन्द भएको छ ।

२०२४ सालमा निर्माण सुरु भएको अछामको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो । २०४४ साल देखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालन आए पनि २०५८ साल फाल्गुन महिनामा माओवादीले ध्वस्त पारे पछि बन्द भएको थियो । ५ सय मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरि २०७५ जेठमा पुनः सञ्चालन भएको विमानस्थलमा केही समय जहाज आए पनि नियमित उडान हुन सकेको छैन् । अछामकै कमलजार विमानस्थलमा पनि नियमित उडान हुन सकेको छैन् । ०३२ सालदेखि नियमित उडान भएको देवल विमानस्थलमा २०६६ सालबाट जिल्लामा सडक जोडिएसँगै नियमित उडान स्थगित गरिएको थियो ।

६ सय ५० मिटर धावनमार्ग कालोपत्र भए पछि २०७७ सालमा पुनः सञ्चालन भएको विमानस्थलमा हाल यात्रु अभाव देखाउँदै जहाज आउन छोडेको छ । २०३२ साल देखि निर्माण सुरु भएको बैतडीको पाटन विमानस्थल २०३५ सालदेखि सञ्चालनमा आएको भए पनि २०५२ साल देखि हवाई सेवा बन्द भएको थियो । २०५८ सालमा सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्ण रुपमा ध्वस्त भएको थियो ।

पुनः सञ्चालनको योजना सहित २०७३ सालमा ११ करोडको लागतमा बैतडी विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भएपनि हवाई उडान भने लामो समय देखि बन्द रहेको छ । २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो । त्यसयता पाटन–धनगढी कुनै उडान हुन सकेको छैन् । २०५८ साल मंसिर ११ गते तत्कालीन विद्रोही माओवादीले आगजनी गरेपछि बन्द भएको दार्चुलाको गोकुलेश्वर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । कैलालीको टीकापुर र कञ्चनपुरको मझगाउँ विमानस्थल पनि वर्षौ देखि बन्द अवस्थामा रहेका छन् ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने

भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न

खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक

चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए

कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ

अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण

दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस