"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा ३ वर्षमा १ हजार ७ सय ३० जनाले आत्महत्या गरे

No data was found

Khabar Raftar

भदौ १७ धनगढी । तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा एक हजार सात सय ३० जनाले आत्महत्या गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार आत्महत्या गर्नेहरू मध्ये एक हजार चार सय पाँच जनाले झुन्डिएर आत्महत्या गरेका छन् । त्यस्तै, दुई सय ५४ जनाले विष सेवन गरेर, १७ जनाले आगो लगाएर, ३१ जनाले पानीमा हाम फाली डुबेर, ९ जनाले करेन्ट लाएर, १२ जनाले हाम फालेर र दुई जनाले हात हतियार खरखजाना प्रयोग गरी आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयको अभिलेखले देखाएको छ ।

No data was found

त्यसैगरी गत वर्ष ०८०÷०८१ मा पाँच सय ९७ जनाले आत्महत्या गरेका छन् । गत वर्ष झुन्डिएर चार सय ७२, विष सेवन गरेर ७३ जना, पानीमा हाम फाली डुबेर २५ जना, आगो लगाएर १६ जना, करेन्ट लगाएर सात जना, हाम फालेर दुई जना र हात हतियार खरखजाना प्रयोग गरी दुई जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७९÷०८० मा पाँच सय ५७ जनाले आफ्नो जीवन आफै समाप्त गरेका छन् । त्यस अवधिमा झुन्डिएर चार सय ६७ जना, विष खाएर ७९ जना, पानीमा हाम फाली डुबेर पाँच जना, हाम फालेर पाँच जना र करेन्ट लाएर एक जनाले अकालमै ज्यान गुमाएको तथ्याङ्क प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको छ ।

त्यसैगरी आर्थिक वर्ष ०७८÷०७९ मा पाँच सय ७६ जनाले आत्महत्या गरेका छन् । जसमा झुन्डिएर आत्महत्या गर्नेको संख्या चार सय ६६ रहेको छ । त्यस्तै, विष खाएर एक सय दुई जना, हाम फालेर पाँच जना, करेन्ट लाएर एक जना, आगो लाएर एक जना र पानीमा हाम फाली डुबेर एक जनाले आत्महत्या गरेको प्रहरी अभिलेखले देखाएको छ । प्रदेशका नौ वटा जिल्ला मध्ये कैलालीमा आत्महत्या गर्नेको संख्या सबैभन्दा बढी रहेको छ । कैलालीमा तीन वर्षको अवधिमा सात सय ८२ जनाले आत्महत्या गरेका छन् । ०७८÷०७९ मा दुई सय ५९ जना, ०७९÷०८० मा दुई सय ५८ र गत आर्थिक वर्षमा दुई सय ६५ जनाले आत्महत्या गरेका छन् ।

त्यसैगरी कञ्चनपुरमा तीन वर्षको अवधिमा चार सय ३० जनाले आत्महत्या गरेका छन् । कञ्चनपुरमा ०७८÷०७९ मा एक सय ३६ जना, ०७९÷०८० मा एक सय २७ जना र गत आर्थिक वर्षमा एक सय ६७ जना गरी चार सय ३० जनाले आत्महत्या गरेको प्रहरीे अभिलेखले देखाएको छ । सुदूरपश्चिम प्रदेशमा सात वटा पहाडी जिल्लाहरू मध्ये सबैभन्दा बढी आत्महत्याका घटना हुने जिल्ला बैतडी देखिएको छ । बैतडीमा तीन वर्षको अवधिमा ९२ जनाले आत्महत्या गरेका छन् । ०७८÷०७९ मा ३६ जना, ०७९÷०८० मा २५ जना र गत आर्थिक वर्षमा ३१ जनाले आत्महत्या गरेका छन् । उक्त अवधिमा डडेल्धुरा जिल्लामा ८१ जनाले आत्महत्या गरेका छन् ।

०७८÷०७९ मा २७ जना, ०७९÷०८० मा ३० जना र गत आर्थिक वर्षमा २४ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार अछाममा ०७८÷०७९ मा ३३ जना, ०७९÷०८० मा २४ जना र गत आर्थिक वर्षमा २१ गरी ७८ जनाले आत्महत्या गरेका छन् । त्यस्तै, तीन वर्षको अवधिमा बझाङमा ७४ जनाले आत्महत्या गरेका छन् । बझाङमा ०७८÷०७९ मा २६ जना, ०७९÷०८० मा २६ जना र गत आर्थिक वर्षमा २२ जनाले आत्महत्या गरेका छन् ।

पहाडी जिल्लामा हुने आत्महत्याका घटनाको आधारमा डोटी जिल्ला पाँचौँ स्थानमा देखिएको छ । डोटीमा आर्थिक वर्ष ०७८÷०७९ मा ३२ जना, ०७९÷०८० मा २४ जना र गत आर्थिक वर्षमा २७ जना गरी तीन वर्षको अवधिमा ७३ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङकले देखाएको छ । त्यसैगरी दार्चुला जिल्लामा पनि तीन वर्षको अवधिमा ७० जनाले आत्महत्या गरेको तथ्याङ्क रहेको छ । ०७८÷०७९ मा २४ जना, ०७९÷०८० मा २७ जना र गत आर्थिक वर्षमा १९ जनाले आत्महत्या गरेका छन् ।

प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिमका नौ वटै जिल्ला मध्ये आत्महत्याका घटना कम हुने जिल्ला बाजुरा देखिएको छ । बाजुरामा तीन वर्षको अवधिमा ५१ जनाले आत्महत्या गरेका छन् । ०७८÷०७९ मा नौ जना, ०७९÷०८० मा २२ जना र गत आर्थिक वर्षमा २० जनाले आत्महत्या गरेका छन् । वर्षेनि आत्महत्याका घटनाहरू बढ्दै भएका छन् । सोचे अनुसारको प्राप्ति नहुनु, परीक्षामा असफल हुनु, घरेलु हिंसा, प्रेममा असफल हुनु जस्ता कारणहरुले मानिसहरुले आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको भनाई छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ