भदौ १६ धनगढी । ईलाका प्रहरी कार्यालय अत्तरियालाई अनैतिक क्रियाकलाप रोक्न चुनौती थपीएको छ । केही होटलहरुमा यौन धन्दा चलाइने भएकाले प्रहरीलाई यस्ता अनैतिक क्रियाकलाप रोक्न चुनौती थपीएको हो । यस्ता गतिविधि रोक्न इलाका प्रहरी कार्यालय मालाखतीमा हरेक वर्ष फेरिइरहने प्रहरी नायबउपरिक्षक हरूले प्रतिबद्धता गर्दै आएका छन् । तर पनि अनैतिक क्रियाकलाप रोकएका छैनन ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले गत चैत १९ गते देखि जिम्मेवारी सम्हाल्दै आउका छन । थापालाई स्थानीयले परिचयात्मक कार्यक्रममा अत्तरियामा यौन धन्दा मुख्य चुनौतीका रूपमा रहेको सुझाव दिएका थिए । त्यसपछि उनले ४५ जनालाई पक्राउ गरीसकेका छन । अझै यौन धन्दा नियन्त्रणमा आउन सकेको छैन । अत्तरिया क्षेत्रबाट गत आर्थिक वर्षमा ५९ जना अनैतिक क्रियाकलामा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो । जसमध्ये ३७ जनालाई चैत्र १९ यता पक्राउ गरिएको छ । चालु आर्थिक वर्षको २ महिनामा मात्रै १६ जनालाई पक्राउ गरिएको छ ।
प्रहरी नायब उपरिक्षक थापाले पछिल्लो समय अनैतिक क्रियाकलापमा संलग्न पक्राउ गर्ने क्रम घट्दै गएको बताउदै धेरै जना अनैतिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरिसकेको बताए । पछिल्लो समय यस्ता गतिविधि गर्नेको सङ्ख्यामा कमी आएको हुन सक्ने उनले बताए । अत्तरिया क्षेत्र विगत लामो समय देखि अनैतिक क्रियाकलाप हुने क्षेत्रको रूपमा चिनिँदै आएको छ । यसको नियन्त्रणका लागि केही व्यक्तिलाई पक्राउ गरे पनि यसको नियन्त्रण भने हुन सकिरहेको छैन ।
अत्तरियाबाट भदौमा मात्रै ८ जनालाई पक्राउ गरिएको छ । प्रहरी नायब उपरिक्षक थापाले अत्तरिया जक्सनका रूपमा भएकाले पनि यस क्षेत्रमा अनैतिक क्रियाकलाप बढेको बताए । ‘मानिसहरूको बढी चहलपहल हुने क्षेत्रमा यस्ता गतिविधि हुने गरेको बताउदै उनले प्रहरीको काम यस्ता गतिविधि गर्नेलाई पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाउने भएको बताए । अनैतिक क्रियाकलापमा कमी आएको बताउदै उनले पहिला दिनहुँ जस्तो अनैतिक क्रियाकलापमा संलग्न भेटिने गरेको भए पनि अहिले मुस्किलले मात्रै भेटिने गरेको बताए ।
यसलाई रोक्न प्रहरीले अझै सक्रियता बढाएर यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गर्न आवश्यक रहेको स्थानीयले बताएका छन । प्रहरीले पक्राउ गर्ने, केही दिनमा छोडिदिने र पुनः तिनै व्यक्ती अनैतिक क्रियाकलापमा संलग्न हुने भएकाले यसको समाधानका लागि यस्ता व्यक्तिलाई कारबाही गर्ने र अन्य व्यवसायमा आकर्षित गराउने खालका कार्यक्रम पनि सञ्चालन गर्न स्थानीइले बताएका छन ।