"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

राजनीतिक क्षेत्रमा दलितहरूलाई १४ प्रतिशत आरक्षण दिनुपर्छ ः भट्टराई

Khabar Raftar

भदौ १५ काठमाडौँ । नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक क्षेत्रमा दलितहरूलाई १४ प्रतिशत सिटमा आरक्षण दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंको माइतीघर मण्डलामा जारी दलितका लागि दलित अभियानको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै अध्यक्ष भट्टराईले राजनीतिक क्षेत्रमा दलितहरूलाई १४ प्रतिशत सिटमा आरक्षण दिनुपर्ने बताएका हुन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

‘हामीले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेका छौँ । मैले त पहिले पनि दलितलाई १४ प्रतिशत आरक्षण दिएर जाऔँ भनेको हुँ । अब पनि दलितलाई राजनीतिक क्षेत्रमा पनि प्रष्टरुपमा १४ प्रतिशत आरक्षण दिएर जानुपर्छ,’ उनले भने । दलित समुदायमाथिको जातीय विभेदमात्रै नभई राजनीतिक, आर्थिक र सामाजिक रुपमा भएका सबै विभेदको निराकरण गर्नेगरी राज्यले कानुन बनाएर पहल लिनुपर्ने उनले बताए ।‘जो पीडित छ ।

उसले उठेर मलाई अधिकार चाहियो भन्नै पर्छ । त्यसपछि उत्पीडित समुदायको अधिकारका लागि हामी जस्ता समाजका अगुवाहरूले पनि साथ दिनुपर्छ । यो जातीय विभेद भनेको दलितले बनाएको होइन । त्यसकारणले दलितले मात्रै समाधान गर्न सक्ने कुरा पनि होइन,’ उनले भने । ‘यसमा गैरदलितको पनि साथ हुनुपर्छ । धार्मिक सांस्कृतिक रूपमा बनेका मान्यताहरूलाई तोडेर समाजलाई अगाडि बढाउन सक्नु पर्छ ।

अध्यक्ष भट्टराईले संविधानको धारा ४० ले दलित समुदायलाई शिक्षा, स्वास्थ्य, भूमि जस्ता विषयहरुमा शशक्तिकरण गर्नुपर्ने ब्याबश्था गरेको बताउदै त्यसको कार्यान्वयनका लागि सरकारले ध्यान दिनुपर्ने बताए । ‘दलितलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘आर्थिक अभावकै कारण दलितले अहिले पढ्न पाएका छैनन ।

अब एकैपटक हजारौँ दलितहरूले मास्टर पीएचडी गर्छन् । उनीहरूको आर्थिक सबलीकरण हुन्छ । त्यसले समाजलाई समतामूलक बनाउन मद्दत पुग्छ । यो जातीय विभेद जस्तो अमानवीय व्यवहारको अन्त्य गर्न सहयोग नै पुग्छ ।’उनले जाति प्रथाको समस्या समाधानका लागि दक्षिण एसियामा अम्बेडकरको दर्शन चर्चित रहेको भन्दै सय वर्ष अगाडि अम्बेडकरले थालेको अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।

भर्खरै

नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद
व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै
तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी
सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो
महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक
कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ
दलित महिला संघ फेडोद्वारा धनगढीका महिलाहरुलाई बाख्रा तथा सिलाई मेशीन वितरण
नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

धेरै कमेन्ट गरिएको

नर्सरी व्यवसायबाट जीविकोपार्जन

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

नर्सरी व्यवसायबाट जीविकोपार्जन

1

रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै

manaw-bechabikhan

मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

kk

व्यवसायिक कुखुरापालन गर्ने किसानको सख्या बढ्दै

42810545-0eda-44c2-99bd-ff6affc2bebe

तरकारी खेतीबाट वार्षिक ४ लाख आम्दानी गर्दै कञ्चनपुरको कृष्णपुरका लोक बहादुर चौधरी

sariya

सिमेन्टपछि सरियामा पनि कृत्रिम मूल्यवृद्धि, महिनामा पाचपटक बढ्यो

indra

महिला मैत्री विपत प्रतिकार्यका लागी सरोकारवालासंग परामर्श वैठक

cropped-cropped-khabar-raftar-2.png

कर तिरौ, असल नागरिकको भूमीका निर्बाह गरौ