भदौ १४ धनगढी । कैलालीबाट साढे चार किलो चरेस सहित एक जनालाई प्हरीले पक्राउ गरेको छ । शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर– ८, क्याम्पस चोकनजिकबाट साढे चार किलो चरेस सहित बझाङको केदारस्यु गाउँपालिका वडा नम्बर–७ का ४२ वर्षीय जनक धामीलाई प्र्हरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय, धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोलीले धामीलाई पक्राउ गरेको हो ।
धामी सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा रहेको साढे चार किलो चरेस र उनको साथबाट नगद ७५ हजर बरामद गरिएको उनले जानकारी गराए । बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको भइरहेको प्रहरी नायव उपरिक्षक बोहराले जानकारी गराए ।
Post Views: 42