भदौ १५ धनगढी । कैलालीको अत्तरियाबाट ४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर– १ वनखेत स्थित सुरक्षा सामुदायिक वनको जंगल भित्रबाट जुवाखेली रहेका ४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।
गोदावरी नगरपालिका वडा नम्बर– २ का ४१ वर्षीय प्रेम रोकाया, गोदावरी नगरपालिका वडा नम्बर – १ का ३३ वर्षीय रतन चौधरी, सोही ठाउँका ४८ वर्षीय मान बहादुर ऐर र दाङको घोराही घर भई हाल गोदावरी नगरपालिका वडा नम्बर– १ मा बस्दै आएका ५२ वर्षीय सुनिल बुढामगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी गराएको हो ।
शुक्रबार साँझ विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको हो ।
उनीहरुको साथबाट नगद २१ हजार ८ सय ८० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जानकारी गराएको छ ।