"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

पत्रकार उपाध्यायद्वारा लिखित पुस्तक ’द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन

Khabar Raftar

भदौ १५ काठमाडौं । पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ’द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन गरिएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले लेखक तथा पत्रकार उपाध्यायलाई शुभकामना व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले कैलालीको आमखैयामा आफूमाथि भएको आक्रमणको घटनाको पनि स्मरण गरेका छन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

उनले देशमा युद्धविराम भएको अबश्थामा आफुमाथी आक्रमण भएकोे बताए । उनले द्वन्दकालको स्मरण गर्दै उनले माओवादीले ४० बुँदे माग गरे पनि वार्ताका लागि तयार नभएको बताए । देउबाले सशस्त्र द्वन्दलाई सफलतापूर्वक शान्ति प्रक्रियामा ल्याएको र संविधानसभाबाट संविधान जारी गर्दै गणतन्त्रीक व्यवस्थामा आएको बताए । संविधानलाई पनि अझै राम्रो बनाउन संशोधन गरेर अघि बढ्न सकिने बताउदै उनले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले यसलाई सुदृढ गर्दै लैजाने सकिने बताए । पुस्तक भोलिको पुस्ताका लागि अध्ययन सामाग्री हुने बताए ।

पुस्तकका विषयमा बोल्दै नेकपा एमालेका सचिव लेखराज भट्टले द्वन्द्वकालमा सुदूरपश्चिममा ब्यक्ति केन्द्रित हत्या हुन नदिएको र आफू ती घटनाहरुको साक्षी भएको बताए । उनले द्वन्द्वकालमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि आक्रमण गर्ने कुनै पनि योजना नभएको जिकिर गर्दै त्यो समयमा उपयुक्त रुपमा सही सूचना सञ्चार नहुँदा गलत सूचना फैलिएको बताए । डोटीको छेडा घटना स्मरण गर्दै उनले लगभग २५ जना मारिएको बताए ।

जसमा ५ जना गाउँलेहरू भएको र बाँकी माओवादी कार्यकर्ता भएको उनले बताए । दुईजना भर्खरका युवतीहरूको बलात्कार गरिएको बताउदै उनले त्यो तत्कालीन राज्यपक्षबाट घटाइएको घटना भएको बताए । पेुस्तकका बारेमा चर्चा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले यो पुस्तकले द्वन्द्वकालमा भएका घटनाहरुको दस्तावेजीकरण गरेको र आगामी दिनको पत्रकारिताका लागि प्रेरणा र अनुसन्धानकर्ताहरुका लागि स्रोत सामाग्री बन्ने बताए ।

पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले यो पुस्तक अहिलेको नयाँ पुस्ताका पत्रकारहरुका लागि उपहार भएको बताए । ्पुस्तकमाथि टिप्पणी गर्दै वरिष्ठ पत्रकार कुन्द दीक्षितले फेरि द्वन्द्वलाई दोहोरिन नदिन पुस्तक सहयोगी हुने बताए् । पुस्तक शान्ति पत्रकारिताको अद्भुत नमुना भएको बताउदै उनले पुस्तकले द्वन्द्वलाई बीर्सन नदिने बताए । आफूलाई मार्न खोज्नेसँग मिलेरसँगै सहभागी हुनु शान्ति प्रक्रियाको सफलता मान्न सकिने वरिष्ठ पत्रकार दीक्षितले बताए ।

त्यस्तै पुस्तकमाथि टिप्पणी गर्दै वरिष्ठ पत्रकार बविता बस्नेतले द्वन्द्वकालमा भएका घटनाहरुको फेहरिस्त भएको बताईन । उनले द्वन्द्वकालमा कसरी रिपोर्टिङ गरियो र कस्तो समयबाट नेपाली पत्रकारिता गुज्रिएर यहाँसम्म आइपुग्यो भन्ने बुझ्न पुस्तक सहयोगी हुने बताईन । पुस्तकका लेखक उपाध्यायले यो पुस्तक द्वन्द्वकालमा नेपाली पत्रकार र आमसञ्चार जगतले जे भोग्यो त्यो समयको दस्तावेज भएको बताए ।

भर्खरै

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान
बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि
नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न
कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन
नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ
सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा
डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी
दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी
कञ्चनपुरको भीमदत्त नगरपालीका वडा नम्बर–६ मा कांग्रेसका चन्द विजयी
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमालेकी भण्डारी विजयी

धेरै कमेन्ट गरिएको

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

bhandari

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा आह्वान

HIV-test-1-1726365594

बाजुराका ६२ जनामा एचआइभी संक्रमण पुष्टि

1111_20241202104109

नेपाल–भारत जोड्ने दार्चुलाको असिगडा मोटरेबल पुल निर्माणको कार्य सम्पन्न

chil2024-12-02-01-40-21

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

86

नदीजन्य पदार्थको अबैध उत्खनन् गर्ने ८ जना ट्याक्टर चालक पक्राउ

202412021234-dbecba35-23cc-4bcc-b320-1983da83ae4f

सुदूरपश्चिम पदेशको गौरवको आयोजना सेती लोकमार्ग निर्माणको काम सुस्त गतीमा

aaa

डोटीको पूर्विचौकी गाउँपालीका वडा नम्बर–६ मा कांग्रेसका थापा विजयी

ddd

दार्चुलाको दुहुँ गाउँपालीका वडा नम्बर–५ मा कांग्रेसका कुँवर विजयी