मेरोदेश कृषी प्रधान देश । म कृषी प्रधान देशको नागरिक तर पनि मेरो देशका किसानले भोकै मर्नु पर्ने अबश्था छ । नेपालका युवाहरु कृषी गर्न विदेश लालायीत छन । नेपालमा माटोमा औला नराखेर किसान कहलीयका काम विनाका किसनले गर्दा मेरो देशका बास्तविक किसानहरुले पीडा झेल्नु परेको छ । जमीन नभए पनि कृषी, खेती नलगाएपनि किसान बन्ने संस्काले गर्दा बाह्रै महिनामा माटोमा नङग्रा खियाउने किसानहरु समस्या झेल्दै आएका छन ।
कृषी प्रधान देशमा विद्यार्थीहरुले कृषी पढन चाहदैनन । कारण सरकारको कृषीप्रतिको उदासिनताले कृषी प्रतिको आर्कषण घट्दै गएको छ । कृषि र पशु विज्ञान अध्ययन गर्न विद्यार्थीहरुले किन चाहदैनन । सरकारले यसको खोजी गर्न जरुरी छ । कृषीमा प्रे्रित गर्न किसानहरुले भोग्दै अँएका समस्याहरुको समाधान गर्न जरुरी छ । समयमा विउ, मल र सिचाईको ब्याबश्था गर्नुकासाथै समयमै मूल्य निर्धारण गरी किसानका समस्याहरुको समाधान गर्न जरुरी छ ।
त्यसपछि कृषि अध्ययनमा आकर्षण बढ्नेगरी नीति तथा योजना बनाउनुका साथै कृषीलाई आधुनिकी करण गरेर अगाडी लैजान जरुरी छ । ‘कृषि पढाउने कलेजहरू स्थापना भएर मात्र हुदैन । त्यसैले विद्यार्थीहरुले कृषी पढ्ने बाताबरण सरकारले बनाउन जरुरी छ । त्यस पछि कृषि पढेर कृषि कर्म गर्नेहरुको आर्कषण बढ्दै जाने छ । दक्ष र सीपमुलक दक्षजनशक्ति उत्पादन गरेर पुरानो पद्धतीको कृषीलाई आधुनिक रुपमा लैजान जरुरी छ ।
स्रोत साधन र लगानी गरेर सरकारले कृषीलाई प्राथमीकता दिन जरुरी छ । झारोटार्न र गरेको जस्तो देखाउने संस्कारको अन्त्य गरी बास्तीवक रुपमा कृषी विकासकालागी सरकार लागीपर्न जरुरी छ । कृषी विषयमा ज्ञान भएको पोख्त जनशक्ति उत्पादन गर्न विदेशबाट भए पनि विशेषज्ञ बोलाएर कृषि तथा पशु सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्न जरुरी छ ।
स्वदेशमै कृषि क्षेत्रमा लाग्न प्रेरित हुने गरी कार्यक्रम बनाउन जरुरी छ । कृषिप्रधान देशका किसानलाई भोकै मर्न बाध्य बनाईएकाले त्यस्को अन्त्य गर्नेगरी योजना बनाउन जरुरी छ । सरकार कृषिप्रधान देशका किसानलाई भोकै मर्न बाध्य नबनाईयोस भन्ने सुझावलाई आत्मसाथ गर्न जरुरी छ ।