"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

क्षमता अनुसारको कृषी उपज नभए पछि पहलमानपुरमा रहेको शीतभण्डार सङ्कटमा

Khabar Raftar

धनगढी । विसं २०७७ साल फागुन देखि सुदूरपश्चिम मोहन्याल कृषी तथा पशुपालन व्यवसाय प्रालिले सञ्चालनमा ल्याएको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको शीतभण्डार क्षमता अनुसारको कृषी उपज भण्डारण नभए पछि सञ्चालनमा समस्या आएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

तीन हजार मेट्रिक टन क्षमता भएको प्रदेशकै सबैभन्दा ठुलो शीतभण्डारको तीनवटा च्याम्बरमध्ये एउटा मात्र च्याम्वरमा भण्डारण गरिएको छ भने बाँकी दुई वटा खाली अवस्थामा रहेका छन् । सुरुको वर्षदेखि हालसम्म किसानका उत्पादन भण्डारण परिणाम बढ्दै गए पनि शीतभण्डारको क्षमता अनुसार उत्पादित बस्तु भण्डारण नहुँदा खर्च धान्न धौँधौँ भइरहेको सञ्चालकको भनाइ छ ।

२५ करोड भन्दा बढि ऋण भएको उक्त शीतभण्डार क्षमता अनुसार भण्डारण गर्न नपाउँदा बैंकको किस्ता तिर्न समस्या भएको अध्यक्ष रामबहादुर रावतले बताए । सरकारले अनुदान नदिँदा अहिलेसम्म किसानहरूकै पैसाबाट चलिरहेको कोल्डस्टोरलाई दुर्गामी रुपमा सञ्चालन गर्न किसानहरुकै साथ सहयोग आवश्यक रहेको उनले बताए । कैलाली, कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लाबाट फलफुल, तरकारी उक्त शीतभण्डारमा भण्डारण हुने गरेको उनले बताए । अहिले शीतभण्डारमा किसानहरुको आलु भण्डारण गरेको उनले बताए ।

आर्थिक वर्ष २०७९।०८० मा चारहजार ६ सय ७८ जना किसानले १७ हजार २ सय ३९ बोरा आलु भण्डारण गरेकोमा आर्थिक वर्ष २०८०।०८१ मा चार हजार ८ सय ९७ जना किसानले १४ हजार ६ सय ४९ बोरा आलु भण्डारण गरेको उनले जानकारी   गराए । भण्डारण गर्ने किसानको सङ्ख्या बढे पनि उत्पादन घटेको बताउदै अध्यक्ष रावतले भण्डारण क्षमता धेरै भए पनि उत्पादित बस्तु कम हुन थालेपछि अहिले विभिन्न पालिकामा ४ सय ६२ सङ्ख्यामा किसानको समूह बनाएर काम अगाडि बढाएको जानकारी गराए ।

२०७७ साल फागुन अन्तिम साता देखि सञ्चालनमा आएको शीतभण्डार सुरुको स्टेमेट भन्दा डबल खर्च निमार्णमा लागेपछि अहिले कम्पनी ऋणमा रहेको उनले बताए । करिब १९ करोेड लागतमा शीतभण्डार तयार भएको जानकारी गराउदै अध्यक्ष रावतले समयमा व्याज किस्ता तिर्न नसक्दा बढ्दै गएर २५ करोड ऋण पुगेको बताए ।

५० हजार बराबरको सेयर लिएका १ सय १ जना सेयर सदस्यबाट उठेको रकम, रिज्मबाट आएको अनुदान, कृषी ज्ञान केन्द्रबाट प्राप्त नौ लाख, नगरपालिकाबाट प्राप्त छ लाख ५० हजार, प्रदेश सरकारबाट प्राप्त पाँचलाख अनुदानलाई शीतभण्डार, बाटो निर्माण, घेरबारमा लगाएको बताउँदै सञ्चालक सदस्य रावतले बाँकी सबै ऋण रहेको जानकारी गराए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले दुई पटक सम्म रातो किताबमा शीतभण्डारको लागि भन्दै नौ करोड ९० लाख अनु्दान राखेको भए पनि प्राईभेट कम्पनी अन्तर्गत दर्ता भई सञ्चालनमा आएको शीत भण्डारलाई अनुदान दिन नमिल्ने भए पछि प्रदेश सरकारले उक्त रकम पनि उपलब्ध गराउन नसकेको उनले जानकारी गराए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने
कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते
डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए
आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या
गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते
बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा
नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Pradesh-sabha-sadasya

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

1

कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

bhalu_2fd3b4e6_1662386377632_sc_cmprsd_75

भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते

chhyarog

डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए

Sundarsingh-Bohara-1742867188

आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या

accdent

गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते

school_

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

2

नर्सरी व्यवसायबाट जीविकोपार्जन