हरेक बर्ष देशमा बाढी र पहिरोले मान्छेहरुको ज्यान जाने गरेको छ । सुदूरपश्मि प्रदेश पनि यसबाट अछूतो रहन सकेको छैन । यस बर्ष पनि बाढी पहिरोका कारण सुदूरपश्मि प्रदेशमा मान्छेहरुले ज्यान गुमाउनु परेको छ । बाढी र पहिरोका कारण हरेक बर्ष ज्यान जानु सामान्य भई सकेको छ । बाढीले भौतीक क्षेती गर्दै आएको भए पनि मानवीय क्षती पनि हुने गरेको छ ।
खासगरी नदी किनाराका बस्तीहरुमा बाढीले क्षेती पु¥याउने गरेको छ भने भिरपाखा र खोला नजिकै रहेका बस्तीहरुलाई पहिरोले बगाउने गरेको छ । यस्ता बस्तिहरुको अध्ययन अनुसंन्धान गरी सुरक्षित स्थानमा स्थानतरण गर्न आवश्यक भए पनि सम्बन्धीत निकायले हरेक बर्ष मान्छेको ज्यान जादा टुलुटुलु हर्ने बाहेक केही गर्न सकेको छैन ।
बाढी पहिरोको चपेटामा परि ज्यान गुमाउनेहरुको संख्या कम गर्न सँभावित जोखिमका स्थानीयलाई समयमै सुरक्षित स्थानमा स्थान्तरण गर्नुका साथै आवश्यक बन्दोबस्त सरकारले गर्न जरुरी छ । जोखिम युक्त बस्तीलाई सुरक्षित स्थानमा सारेर हरेक बर्ष हुने मानवीय क्षति कम गर्न सकिने भए पनि सरकारको ध्यान त्यतातिर नजानु दुखद विषय हो ।
घटना घटीसकेपछि मात्र सोच्ने सस्कारको अन्त्य गर्न जरुरी छ । हरेक बर्ष बन्ने विपत प्रतिकार्य योजना बर्षातको समय अगाडी नै बनाउन जरुरी छ । सम्बन्धीत क्षेत्रको अध्ययन अनुसन्धान गरी नागरिकको बाच्न पाउने अधिकारको ग्यारेन्टी गरिन आवश्यक छ ।
जोखिम युक्त बस्तीका मान्छेहरुलाई सुरक्षित स्थानमा सारेर मानवीय क्षेती रोक्न जरुरी छ । संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार हुन सक्ने विपदका घटनाहरुमा समयमै सम्बेदनशील हुनुका साथै योजनाका सहित अगाडी बढ्न जरुरी छ । नागरिकको बाच्न पाउने अधिकारको सुरक्षा गर्न जरुरी छ ।